काेरियामा माघे सक्रान्ती पर्व भब्य रूपमा मनाए ।
काेरियामा नेपाल मगर संघ काेरियाले मगरहरूकाे महान चाड माघे (मकर) सक्रान्ती पर्व भब्य रूपमा मनाएकाे छ।
हरेक बर्ष जस्तै यस बर्ष पनि माघे सक्रान्ती जनवरि १२ तारिख साैलमा मनाएकाे हाे।
नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगरकाे अध्यक्षतामा काेरियाका लागि उप नियाेग प्रमुख तथा का बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यमा तथा काेरियामा रहेका विभिन्न संघ सस्थाका प्रमुखहरूकाे विशेष अातिथ्यतामा अाैपचारिक कार्यक्रम भएकाे थियाे।
का बा राजदुत थापाले मैन बत्ति बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए भने मगर संघका संरक्षक अप्त पुनले पुर्खाहरूलाई सम्झिदै पृत्रि पुजा गरेका थिए।
संघका बरिष्ठ उपाध्यक्ष टेक पुनले मन्तब्यले स्वागत गरेका थिए भने सल्लाहकार मिना थापाले माघे सक्रान्ती पर्बकाे बारेमा प्रकाश पारेका थिए।कार्यक्रम महासचिब केशर रानाले संचालन गरेका थिए।
शुभकामना मन्तब्यकाे क्रममा का बा राजदुत थापाले भने ” संबिधानले प्रत्येक जनजातिहरूकाे अाफ्नाे धर्म, परम्परा कला ,संस्कृतिकाे अभ्यास गर्ने अधिकार सुनिश्चित गरेकाे छ। यस्ताे किसिमका कार्यक्रमले अाफ्नाे पहिचानकाे निरन्तरता हुन्छ। यस्ता कार्यक्रमले अाफ्नाे संस्कृति, कला पहिचान जिबन्त रहन्छ। भनिन्छ नि संसार मा कैयाै ठुला देशहरूलाई ठुलठुला हात हतियार युद्दले जित्न सकिएन भने उस्काे पहिचान नै मेटाई दिनु पर्छ। तब युद्द जितिन्छ। यसबाट के प्रस्ट हुन सकिन्छ भने पहिचानकाे महत्व कति हुन्छ। पहिचान भनेकाे उस्काे परम्परा धर्म संस्कृति हाे।”
दाेश्राे चरणकाे रमाईलाे सांस्कृतिक कार्यक्रममा नेपाल बाट अामन्त्रित लाेक गायिका सुमन थापा र नबिन रानाले उत्कृष्ट प्रस्तुति दिएका थिए।
सुमन थापाले रस रसमा, पञ्चे बाजा, काैडा, बाग्लुङ बजार लगायत अाधा दर्जन बढि गित गाएर दर्शक हरूलाई नचाएका थिए।
नवीन रानाले पनि पञ्चे बाजा र अर्काे नया लाेक गीत गाएका थिए।
साथै स्थानिय कलाकारहरूले मगर संस्कृति झल्किने सालैजाे, काैडा, पुर्बमा प्रचलित टप्पा, हुर्रा, बिबिध नृत्य प्रस्तुत गरेका थिए।मगर संघ थेगु शाखाका कलाकारहरूले पश्चिमकाे बाग्लुङमा प्रचलित माैलिक लाेक गित झाम्रे ( झ्याउरे) गित गाएका थिए।
करिब ४०० बढि मगर तथा गैह्र मगरले हल भरिभराउ थिए। माघे सक्रान्तिकाे परिकार खिचडि,तरूल, बाराक,सेल राेटी, अचार, भातीकाे जाड,मासु लगायतका खानेकुरा अायाेजकले ब्यवस्था गरेकाे थियाे।