ब्याकुल माईलालाई काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संस्थाले यहि जनवरि १९ सम्म सम्पर्क गर्न अनुराेध
नेपाली राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई)लाई काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाले यहि जनवरि १९ तारिख सम्म सम्पर्क गर्न नागरिक अभिन्नदन सचिबालयले विशेष अनुराेध गरेकाे छ।
अाेखलढुङ्गा सेवा समाज काेरियाले सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे अाैपचारिक कार्यक्रममा ब्याकुल माईलाकाे नागरिक अभिन्नदन तथा सम्मान गर्ने कार्यक्रम संगै राखेकाेछ।
समयकाे अभावलाई ख्याल गर्दै ब्याकुल माईलालाई सम्मान तथा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाकाे नामावलि यहि जनवरि १९ तारिख अाईतबार सम्म तयारी गर्नु पर्ने भएकाेले ईच्छुक संस्थाहरूले तुरून्तै सम्पर्क गर्न नागरिक अभिन्नदन कार्यक्रमका संयाेजक दिपक पुनले बताए।
सनिबार सम्म १२ वटा संघ संस्थाकाे नाम प्राप्त भएकाेछ।
१ एनअारएनए काेरिया
२ नेपाली सम्पर्क समिति काेरिया
३ नेपाल अादिवासि जनजाति महासंघ काेरिया
४ नेपाल पत्रकार महासंघ काेरिया शाखा
५ पूर्वाञ्चल सराेकार समाज काेरिया
६ प्रदेश नं.३ एकता समाज काेरिया
७ किरात राई यायाेख्खा काेरिया
८ तमुधिं काेरिया
९ नेपाल मगर संघ काेरिया
१० खाेटाङ सेवा समाज काेरिया
११भाेजपुर परिवार काेरिया
१२ सुदुर पश्चिम समाज काेरिया
अन्य ईच्छुक संस्थाहरूले एनअारएनए का बरिष्ठ उपाध्यक्ष तथा ब्याकुल माईला अभिन्नदन कार्यक्रमका संयाेजक दिपक पुन र अाेखलढुङ्गा सेवा समाजका अध्यक्ष श्रीराम गुरूङलाई सम्पर्क गर्न अायाेजकले अनुराेध गरेकाेछ।