माेना काेरियाकाे १३अाैं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा
प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए।
यहि २०२० जनवरी २५ तारिख साैल दाेङम्याे अाफमा रहेकाे नमस्ते रेष्टुरेण्टमा उक्त अधिबेशन अायाेजना गरिदैछ।
कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्।
बिबिध सांस्कृतिक कार्यक्रममा जापान देखि नेपाली नाैमति बाजाका ग्रुप अाउने भएका छन्। काेरियामा रहेका नाैमति बाजा र अन्य सांस्कृतिक कार्यक्रम सहित अधिबेशन भब्य रूपमा सम्पन्न गरिने अध्यक्ष सेन्चुरीले बताए।
भिजिट नेपाल २०२० लाई प्रचार प्रशार गर्नका लागि दाेङ्देमुन देखि दाेङ्म्याे अाफ सम्म नाैमति बाजा सहित र्याली पनि गरिने माेना काेरियाले बताए। र्याली साेहि दिन दिनकाे १ बजे सुरू हुनेछ।
सम्पुर्ण म्याग्देली एक हाैं। अधिबेशन लाई भब्य रूपमा सफल बनाउन सम्पुर्ण म्याग्देलिकाे दायित्व र कर्तब्य भएकाेले अनिवार्य उपस्थितिकाे लागि माेना काेरियाका अध्यक्ष सेन्चुरीले हार्दिक अनुराेध गरेका छन्।
स्थान:नमस्ते रेष्टुरेन्ट दाेङम्याे अाफ सभा हल 동며앞
मिती:जनवरी २५ तारिक सल्नालको दोस्रो दिन
समय: दिनको १ बजे देखी