कोपा अमेरिका चिलीले उचाल्यो , अर्जेन्टिना पराजित
निश्चल काउचा
सोल – आयोजक चिलीले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४ – १ गोलले पराजित गर्दै कोपा अमेरिका २०१५ को उपाधि जितेको छ | निर्धारित समयमा गोल हुन् नसके पछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो |
पहिलो हाफमा चिलीले गोलका केही अवसर सिर्जना गरे गोल गर्न सकेन | दोस्रो हाफमा अर्जेन्टिनाका केही राम्रा प्रयासलाई चिलीका गोलकिपरले बचाउ गरेका थिए |
चिलीका लागि फेर्नानडेज , भिडल , अरानगुइज़ , सान्चेजले गोल गर्दै उपाधि दिलाएको थिए | अर्जेन्टिनाका लागि लिओनस मेस्सीले मात्र एक गोल गरेका थिए | गोञ्जालो हिगुईनको बल पोस्ट माथिवाट बाहिरिएको थियो भने बनेगाको सुट चिलीका किपरले रोकी दिएका थिए |
अर्जेन्टिना २००४ र २००७ मा फाईनलमा पुगेर पनि ब्राजिलसंग हारेको थियो | चिलीले कोपा अमेरिकाको उपाधि पहिलो पटक जितेको हो |