ओस्कारमा कोरियाली चलचित्रले सर्वोउत्कृष्ठ लगायत चार मुख्य अवार्ड हात पार्दै ऐतिहासिक कृती राखे
फोनिज कोरिया संवाददाता
चलचित्र क्षेत्रको प्रसिद्ध पुरस्कार ओस्कारमा यसपाली दक्षिण कोरियाको चलचित्र ” खिसेइ०छुइ० ” (परजीवी )ले सर्वोत्कृष्ठ चलचित्र लगायत चार मुख्य पुरस्कार हात पारेको छ । जसमा उत्कृष्ठ निर्देशक, उत्कउष्ठ पटकथा र उत्कृष्ठ अन्तराष्ट्रिय फिचर फिल्म पुरस्कार जित्न सफल भएको छ ।
ओस्कारमा गैर अंग्रेजी भाषी चलचित्रले सर्वोत्कृष्ठ पुरस्कार पाएको यो हो । सो चलचित्र ओस्कारको ६ वटा विधामा मनोनित भएको थियो । सो चलचित्रका निर्देशक बोइ० जोन हो ओस्कार पाउनेमा एसियाका दोस्रो निर्देशक बनेका छन् ।
कोरियाली चलचित्रको सय वर्षे इतिहासमा पहिलो पटक ओस्कारमा सो चलचित्र मनोनित भएको थियो । गत वर्ष सो चलचित्रले क्यान पुरस्कार पनि पाएको थियो ।
चलचित्रमा अनौंठो हास्यका साथ दुई परिवार मार्फत धनी र गरिबको जीवन समावेश गरिएको सामाजिक वर्ग प्रणालीलाई चित्रण गरिएको छ ।
अमेरिकाको लस एञ्जल्समा आइतबार सम्पन्न ९२ औ ओस्कार पुरस्कार समारोहमा पुरस्कार थापेपछि निर्माता क्वक सिन एले भने “मलाई लाग्छ, इतिहासमा एकदमै उपयुक्त पल अहिले भइरहेको छ “।