कोरियामा कोरोना भाइरस संक्रमितमध्ये मृत्यु हुनेको संख्या ६ पुग्यो
दक्षिण कोरियामा यो समाचार बनाउदासम्म कोरोना भाइरस संक्रमित ६०२ जना मध्ये ६ जनाको मृत्यु भएको छ । आज आइतबार मात्रै ३ जनाको मृत्यु भएको कोरियन संचारमाध्यमले जनाएको छ ।
कोरियामा जनवारी २० तारिखदेखि कोरोना भाइरस संक्रमित भेटिएका थिए । एक महिनापछि फेब्रवरी २० तारिख पहिलो पटक संक्रमितमध्ये १ जनाको मृत्यु भएको थियो । मृतक निमोनियाको रागी भएको र मृत्यु पश्चात भाइरस संक्रमित पनि भएको अस्पतालले पुष्टी गरेका थिए । संक्रमित मध्ये २२ तारिख २ जनाको मृत्यु भएको थियो भने आइतबार २३ तारिख साँझ सम्म गरी थप ३ जनाको मृत्यु भएको छ ।
कोरियामा संक्रमितको संख्या पहिलोपटक १ जनाबाट शुरु भएको थियो । विचमा संक्रमितको संख्या सुस्तरी बढ्दै गएपनि महिना पुगेपछि फेब्रवरी २१ तारिख एकै दिन सय जना संक्रमित भेटियो । १६ तारिख थेगुमा एक महिलमामा संक्रमित देखिएपछि अचानक संक्रमितको संख्या ह्वात्तै बढेको थियो । त्यसैगरी २२ तारिख सबैभन्दा उच्च २२९ जनामा संक्रमित पुष्टी गरिएको थियो । २३ तारिख आइतबार पनि १६९ जना संक्रमित देखिएको छ ।
संक्रमित मध्ये १८ जना निको भई घर फर्केका छन् । कोरियामा सबैभन्दा बढी संक्रमित भेटिएको थेगु शहर र ख्यागंसागं भुक्दोमा सरकारले नागरिकलाई अतिआवश्यक काम नपरे घरमै बस्न आग्रह गरेको छ । मृत्यु वा विवाहमा भोजको आयोजना नर्गन आग्रह गरेको छ । वसपार्क, ट्रेन स्टेशन जस्ता सार्वजनिक स्थान शौचालय चारैतिर किटनाशक औषधी छर्किरहेका छन् । मानिसहरु धेरै भेला हुने कार्यक्रमहरु सकभर नगर्न आग्रह गरेको छ ।