कोरियामा कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक विदेशी गरी ११ पुग्यो , ९७७ जना संक्रमित
दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुने संख्यामा थप बृद्धी भएको छ । मंगलबार साँझ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मृत्यु हुनेमा पहिलो पटक विदेशी एक मंगोलियान नागरिक गरी ११ जना पुगेको छ । साथै १४४ जना थपिएर संक्रमितको संख्या ९७७ पुगेको छ ।
थपिएका संक्रमित मध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र थेगुमा ६० जना , ख्यंसागं भुक्दोमा ५६ , भुसानमा ८ , सउलमा ६ , ख्यांगीदोमा ७ , छुंगंछइ० भुक्दोमा २ र छुंगछइ० नाम्दो र उल्सानमा १,१ जना रहेका छन् । २२ जना निको भएर घर फर्केका छन् भने १३ हजार ८८० जना अनुसन्धानमा छन् ।
राष्ट्रपति मुन जे इन मंगलबार थेगुमा पुगेर यस हप्ता भित्रै नयाँ संक्रमितको गतिलाई कम गर्न कुनै कसर बाँकी नराख्ने भन्दै थेगुबासीलाई आश्वासन दिए ।
थेगुमा माक्सको अभाव सिर्जना भएपछि देशमा उत्पादीत माक्सलाई १० प्रतिशत मात्रै विदेश पठाउन सरकारले आग्रह गरेको छ ।