कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी
दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ ।
उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबार भाइरस संक्रमित भएको पुष्टी भएको थियो ।
पछिल्लो अपडेट अनुसार कोरियामा भाइर संक्रमितको संख्या १२६१ पुगेको छ । जसमध्यो १२ जनाको मृत्यु भइसकेको छ । २४ जना निको भइसकेका छन् । १२सय२५ जनालाई अलगै ठाउँमा राखी अनुसन्धान गरिदै छ भने २० हजार ७ सय १६ जनालाई अनुसन्धान गरिनुपर्ने छ ।
आज मात्रै २८४ जना नयाँ संक्रमित थपिएको छ । जसमध्ये थेगुमा १६७ जना ख्यांगसांग भुक्दोमा ६८ जना ख्यगंसाग नाम्दोमा ११ जना , भुसानमा १६ जना , सउलमा ८ जना ख्यांगी दोमा ९ जना , थेजनमा २ जना , इन्छनमा , छुंगछगं नाम्दो र उल्सानमा १,१ जना थपिएको छ ।