कोरियामा ४२ सय भन्दा बढीमा कोरोना भाइरस, २२ को मृत्यु


३१ डिसेम्बर २०१९ बाट चिनमा फैलिएको कोरोना भाइरस (कोभिट–१९) को आतंक अहिले दक्षिण कोरियामा आइपुगेको छ । कोरियामा जनावरी २० मा पहिलोपटक कोभिट–१९ देखा परेको हो । चिनको वुहानबाट आएको ३० बर्षिया एक चिनिया महिलालाई उक्त भाइरस लागेको प्रमाणित भएको थियो ।

त्यस यता करिव १ महिना सम्म संक्रमितको संख्या खासै बढेको थिएना । तर करिव १ साता देखि निकै धेरै रफ्तारमा संक्रमितको संख्या बढेको छ भने मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र कोरिया (केडिसिडि)को पछिल्लो जानकारी अनुसार मृत्यु हुनेको संख्या २२ पुगेको छ भने ४२ सय २२ जनामा संक्रमण फेला परेको छ । आज(मार्च २, ९ बजे सम्म) संक्रमितको ४ सय ७६ ले बढेको हो । हिजो मात्र ८ सय २ जनाले बढेको थियो ।

पछिल्लो जानकारी अनुसार कोरियामा धेरै संक्रमण फैलाउने सहरको रुपमा चिनिएको थेगु सहरमा संक्रमणको संख्या मात्रै आज ३ सय ७७ ल बढेर ३२ सय ९२ पुगेको छ । त्यस्तै ख्याङ्बोकमा ६७ थपेर ५ सय ८१, राजधानी सउलमा ८१ जना, बुसानमा ८८ जना, ख्यङ्गीदोमा ८४, ख्याङ्नाममा ६२, छुङ्नाममा ७८, उल्सनमा २०, थेजनमा १३, ख्वाङ्जुमा ९, खाङवनदोमा ७, इन्छनमा ६, छेन्बोकमा ५, छेङ्नाममा ३, छेजुदोमा २ जना संक्रमित पु्गेको छ ।

अहिले सम्मको तथ्याङ्क अनुसार सबै भन्दा बढी सिन्चोन्जी चर्च संग सम्बन्धित संक्रमित रहेको छ । जुन ५९.९ प्रतिशात रहेको छ । त्यस्तै छेङ्दो देनाम अस्पताल संग सम्बन्धित ३.४ प्रतिशात, आयातीत तथा त्यस संग सम्बन्धित ०.९ प्रतिशात र अन्य कारणले भएको संक्रमितको संख्या ३५.८ प्रतिशात रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • कोरिया घेदुङको वार्षिक साधारण सभा सम्पन्न
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...