माक्स किन्न कोरियन सरकारको सोमबारदेखि नयाँ नियम लागु
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप उच्च बनेपछि सुरक्षाको एक मुख्य माध्यम माक्सको अभाव बढ्दो छ । माक्स किन्नका लागि मानिसहरु घण्टौ लाइनमा बस्न थालेका छन् । यसलाई सहज बनाउन सरकारले सोमबारदेखि नयाँ नियम लागु गरेका छन् ।
एक सातामा सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन जन्म मितीको अनितम अकं अनुसार माक्स किन्न सकिने छ । जन्म मितीको अन्तिम अंक १ र ६ सोमबार, २ र ७ मंगलबार, ३ र ८ बुधबार , ४ र ९ विहीबार ५ र ० शुक्रबार माक्स किन्न पाउने छन् ।
विदेशी नागरिकले पनि माक्स किन्दा परिचयपत्र र विमाकार्ड चाहिन्छ । तर सोबारदेखि विदेशी नागरिकलाई पनि केवल परिचयपत्र मात्रै देखाएर पनि माक्स किन्न सकिने भएका छन् ।
सोमबारदेखि शुक्रबासम्म किन्न नसक्नेहरुले शनिबार र आइतबार किन्न पाउने छन् । एक दिनमा एकजनाले २ वटा मात्रै माक्स किन्न पाउने छन् । नजिकैको औषधी पसल वा हानारु मार्ट र हुलाक कार्यलयमा मात्रै माक्स किन्न सकिने छ ।
प्रत्येक औषधी पसलमा दिनको २५० वटा माक्स मात्रै विक्री गर्न पाउने छन् ।