मन संगकाे नाता (कबिता)

जीवन भरी साथ दिन्छु भनी खाको कसम,
दोबाटो मै छुट्नु पर्ने झुटो जस्तो लाग्यो!
हास्थे अनि हसाउथे मनमा पीडा लुकाएर ,
निरास छु पीडा थैली फुटे जस्तो लाग्यो!
हास्न पनि सक्दिन म मन खुलेर रुन पनि,
अन्धकार मा सबै रहर टुटे जस्तो लाग्यो !
अजम्बरी मायामा खै कस्को पो नजर लाग्यो,
सन्सार सारा सबै एकै पटक जुधे जस्तो लाग्यो
मन देखि मन सङ को नाता टुटे जस्तो लाग्यो ।
दिलिप के. सि