कोरियाबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल जान नपाएकाहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिने
दक्षिण कोरियाबाट हाल नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि नेपाल फर्कन नपाएका भिषा अवधि सकिन लागेको नेपालीहरुलाई कोरियन अध्यगमनबाट भिषा थप गरिदीने भएका छन् । यसको जानकारी सउल स्थित नेपाली राजदुतबासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोरियामा रहेका इपिएस कामदार, वा अन्य छोटो अवधिको भिषा ( B-1, B-2, C-1, C-3, C- 4 ) भएकाहरुले आफ्नो एलियन कार्ड , पासपोर्ट , हवाई टिकट, नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको सूचना सहित कोरियन अध्यगत विभागमा भिषा थपको लागि निवेदन गर्न सकिने छ । भिषा अवधि समाप्त हुन अघि नै निवेदन दिनपर्ने छ ।
नेपाल सरकारको कोरोना (कोविद १९) को संक्रमन , रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समुन्वय समितीले २० मार्चदेखि १२ एप्रिलसम्म दक्षिण कोरिया लगायतका मुलुकहरुबाट सिधा वा ट्रान्जीट हुदै नेपाल प्रवेश गर्ने यात्रुहरुलाई रोक लगाएका छन् ।