नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले नेपालमा ६८ घर परिवारलाई राहत वितरण
नेपाल तामाङ कलाकार संघ दक्षिण कोरियाले काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ६ का ६८ घर परिवारलाई राहत सामग्री हस्ताण्तरण गरेको छ ।
महाभारत गाउँपालिका वडा नं ६ मा पर्ने बनखु सल्लेनी गाउँमा रहेका ६८ घर परिवारलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष युनिक दोङले जानकारी दिए । संस्थाको पहलमा पदाधिकारीहरु तथा सदस्यहरु र यहाँ रहेका केहि मनकारी साथीहरूबाटआर्थिक संकलन गरेर सहयोग गरेको दोङले बताए । यसमा साथ दिनुभएका नेपाल बाट संघको केन्द्रिय सदस्य गायक रमित लामा र गायक बिजय थोकर र स्थानीय वासिन्दा जगत मोक्तान लगायत सहयोगी सम्पुर्णलाई धन्यवाद दिन चाहन्छु ।’ अध्यक्ष दोङले भने । यस्तो आपतकालिन अबस्थामा हामी सबैले एक अर्कालाई सरसहयोग गर्नु पर्छ भन्दै आवश्यक परेको अवस्थामा थप सहयोग गर्दै जाने समेत बताए ।
विश्व महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाईरसका कारण लकडाउन भईरहेको अबस्थामा संघले दुर्गम ठाउँ महाभारतमा राहत बितरण गरेको हो ।
तामाङ कलाकार संघको प्रवास शाखाको रुपमा गत जनवरीमा दोङको नेतृत्वमा कलाकार संघ दक्षिण कोरियाको स्थापना भएको हो ।