मृत्यु,मृत्यु नै हो सरकार !

म मजदुर !
माहामारीको प्रतिबन्धमा परेको छ
बिहान कमाएर बेलुकी खानु पर्ने पेट
प्रकोपबाट छलिन प्रतिबन्ध भएको छु
रित्तो कोठा भित्र दु:खको आँशु उमालेर !
माहामारीले छुनु अगाडी भोकमारीले
लगेन भने त माहामारीबाट भागुँला
तर …
भोकमारी बलवान भएर आयो भने
पहिला भोकमारीसंगको लडाइँ हुने छ
मृत्यु माहामारीमा होस या भोकमारीमा
मृत्यु मृत्यु नै हो सरकार !
माहामारीको प्रतिबन्धमा परेको छ
राजधानीमा मेरो दैनिक मजदुरी!
रोग र भोक प्रतिस्पर्धी भएर आएका छन्
रोग र भोकको संयुक्त प्रतियोगितामा
भोक पहिलो भएको छ मेरो निम्ति !
माहामारीको प्रतिबन्धमा परेको छ
बिहान बेलुकी छोरा-छोरीको गाँस!
माहामारीले छुनु अगाडी भोकमारीले
लगेन भने त माहामारीबाट भागुँला
तर…
भोकमारी बलवान भएर आयो भने
पहिला भोकमारीसंगको लडाइँ हुने छ
मृत्यु माहामारीमा होस या भोकमारीमा
मृत्यु मृत्यु नै हो सरकार !
मृत्युको बाटो धेरै हुने रहेछ !
एकातिर भाग्यो अर्को तिरबाट
आफ्नै मृत्युले पर्खिरहेको देख्छु
भोकमारी पनि कहाँ कमको रहेछ र?
माहामारीले छुन अगाडी भोकमारीले
लखेटी रहेको छ ! निचोरी रहेको छ
मृत्यु मृत्यु नै हो सरकार !
चिन्दैन रोगले धनी गरिब थाहा छ
तर चिनेर आँउदो रहेछ भोकमारी
प्राकृतिक प्रकोप जस्तो निश्पक्ष
कहाँ हुने रहेछ त भोकमारी ?
हुने खानेहरु कुनै उत्सव मनाए झैँ लाग्छ
बिभिन्न परिकार सहितको तस्वीर
सामाजिक संञ्जालमा बर्साउछन
माहामारीको प्रतिबन्धमा परेको छ
अत्यास लाग्दो कोठा भित्र चिसो चुलो!
माहामारीले छुनु अगाडी भोकमारीले
लगेन भने त माहामारीबाट भागुँला
तर …
भोकमारी बलवान भएर आयो भने
पहिला भोकमारीसंगको लडाइँ हुने छ
मृत्यु माहामारीमा होस या भोकमारीमा
मृत्यु मृत्यु नै हो सरकार !
कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुन्।