सकुनि छिमेकी
मुखमा राम राम बगलीमा छुरा
नियति बोकेर बसेको छिमेकी
अप्ठ्यारोमा खुट्टा तान्छ
पीडामा नून चूक छर्कन्छ
उ नै नजिकको छिमेकी भन्नु परेको छ
उसैको असल छिमेकी बन्नु परको छ
सँधै छिमेकीको नाता राख्नु परेको छ
उस्को नियत सबै सहिदियो भने
उ खुशी हुने छ गुनगान गाउने छ
तर म मेरो स्वाभिमान माथी टेक्नेलाई
वीरताको गाथा बोकेको बहादुरी देखाउने छु
संसारले फेरी भन्ने छ वीर गोर्खाली !
आत्मारक्षाको लागी म संग आणविक नहोला
छ प्रसस्त विश्व विख्यात युद्वको दक्ष लडाकुहरु
तिम्रो हर भट्टीहरु तहस नहस गर्ने क्षमता राखेको छ
सिमाहरुबाट तिम्रो राक्षसी पाईला तुरुन्त फर्किएन भने
तुरुन्त फर्काईने छन गोरखा रेजिमेन्टहरु
फर्किने छन जननी रक्षार्थ सारा गोर्खाली फौजहरु
प्रत्येकलाई सिकाईने छ तिम्रो दुराचारको प्रतिरोध गर्न
प्रतिरोध या युद्वकला !
पटक्क सहने छैन तिम्रो हेपाहा प्रवृत्ति
मेरो विश्वास माथी कुल्चन खोज्नेलाई
एकताको बलियो अर्को साहस देखाउने छु
वीरताको गाथा बोकेको बहादुरी देखाउने छु
संसारले फेरी भन्ने छ वीर गोर्खाली !
हरेक पल्ट असह्य विरामबाट टाउको नउठाउदै
तिम्रो गिद्वे नजर राक्षसीपनाको छिमेकी दर्शाउछौ
र अध्यारोको मौका छोपेर ऐठान पारिरहन्छौ
म मरेको होईन मात्र ऐठान परेको छु
ब्युझिने मौका तिमीले दिएको छौ
म ब्युझनु पर्छ जागो भईरहनु पर्छ
अबिराम निन्द्राबाट उठाएर
होस खुलाको छौ
काम लाग्ने भनेकै यस्तै बेला हो छिमेकी
छिमेकी हुनुको धर्म निभाईरहेकै छौ
तर कु दृष्टि पटक्कै सह्य छैन
लिम्पियाधुरा लिपुलेक र नालापानीबाट
फेरी अर्को बहादुरीको ईतिहास लेखाउने छु
वीरताको गाथा बोकेको बहादुरी देखाउने छु
संसारले फेरी भन्ने छ वीर गोर्खाली !
कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।