Advertisement
SKIP THIS

जेब्राक्रसिङमा उभिएको एउटा जिन्दगी


प्रिय !! यतिखेर,
हामी छुट्टिएको दिनदेखी
ति दोबाटोहरू,
आजसम्म
हाम्रो प्रेमको बियोगले
रोइरहेछ एकोहोरो,
अहाँ पटक्कै छुट्याएको थिइएन
ती दोबाटोहरुले
हाम्रो प्रेमलाई

थियो त,
ती निस्ठुरी समयले
बरु हाम्रो प्रेमको
मिलनमा पुजिहेछ्न
यतिखेरसम्म
ती दोबाटोहरू
बसाइ सर्न मानिन
कहिल्यै यो मनले
जिवनमा ती दोबाटोहरुबाट
जहाँबाट सुरु भएको थियो
हाम्रो प्रेम
म त्यही दोबाटोको
छेवैमा एउटा अँध्यारो कोठाभित्र
हाम्रो प्रेमसँगै
अहिलेसम्म बन्धित छु

हरेक दिनको सुरुवातसँगै
हर समय
सुरु हुन्छ हाम्रो प्रेमको निमित्त
एउटा आन्दोलन
सुनाउदै हिड्छु
म अचेल
त्यही चौबाटोहरुमा बसेर
तिम्रो प्रेम प्राप्तीका अनुभुतिहरू

तिमिले जस्तै,
मैले नि
मनको चोक,चोकबाट
मुटुको गल्ली गल्लिबाट
जलाइ रहेछ
हार्मै प्रेमको खातिर
ह्र्दयहरुले एउटा प्रेमको आगो
जो प्रत्येक पल पलमा
बलिरहेछ ह्वरह्वर्ती मुटुहरुमा
त्यतिकैमा उभ्याँउछ मलाई
प्रेमको एउटा अदालतमा
र थुनिन्छ तिम्रो प्रेमसँगै
एउटा अँध्यारो कारागार भित्र
छटपटिन्छु बेस्सारी, म

उनिहरु मलाई
न न्याय दिलाउन सक्छन
न फैसला नै सुनाउन सक्छन
चिसो भुइँमा
तिम्रै प्रेमलाइ काखी च्यापेर
निदाउँछु म
एउटा अनिदो निन्द्रा
र बोलिरहन्छु
सपनाहरुमा
कदापी जल्न दिने छैन
हाम्रो प्रेमको तस्बिर
उसै गरि जल्न दिने छैन
तिम्रो छाति
हाम्रो प्रेमको युद्धमा
होमिरहन्छु निरन्तर…..

त्यतिकैमा
पारी क्षितिजबाट
एउटा अदभूत छायाँ !!!
मेरो आँखैमा ठोकिन्छ
म त्यो कारागारको
फलामे ढोका
जबर्जस्त तोडेर
बाहिर निस्किन्छु
त्यही दोबाटोमा
त्यति नै खेर,
अचानक तिमी!!
गाढा रातो कमिज
गाढा नै कालो पेन्ट
अनि आँखामा ह्वाइट चस्मा
देख्दै लोभ लाग्दो
खाइ लाग्दो ज्यान
मै तिर हेरिरहेको थियो

तिर्मिराए मेरा आखाहरू
जहाँ हामी वर्षौं
पहिले छुट्टिएको थियो
मनले भनि रहेको थियो
उनी मेरै मान्छे हुनुपर्छ
गर्ल्याम्म आङ्गालो हाल्छु
म उसलाइ निकै अबेरसम्म
र भन्छु,
यति धेरै जङ्गरहरू तरेर
म आइपुगेकी छु
तिम्रै सामु उभिन
जिन्दगीको एउटा
जेब्राक्रसिङमा

यतिखेर,
यिनै दोबाटोहरुलाई सांच्ची राखेर
म तिम्रो काधमा हात राखी
भनी रहेछु
प्रिय मान्छे,
अब हामी
सधै सगै चाल्नेछौं
जिन्दगिको पाइलाहरू
एउटै जेब्राक्रसिङबाट

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...