Advertisement
SKIP THIS

सिमापारीको कर्कस आवाज


ख्याँउ ख्याँउ
टर्रो कर्कस आवाज !
अशान्ति -अशान्ति कानलाई अशान्ति !
कुकुरहरु भुकिरहेको छन् सिमापारीबाट
सिमापारी पालेको कुकुरको बफादारी
देखेर अचम्म लाग्छ !
मालिकको नुनको सोझो जनावरले गर्नु
कुकुर पालेर छिमेकीले बाघको शिकार गर्नु
यसपाली रमिता उदेक लाग्दो बनेको छ।
यो सब देखेर अचम्म लाग्छ !

एउटा मोहीको अहमताले !
मालिकको गुलाम बसेको ईतिहास भुलेको छ
मालिककै राखन धारनमा स्वयम् मालिक सम्झ्यौ
सर्ब शक्तिमान् दाबी गर्न छोडेको छैन आफुलाई
मालिकले छोडेर गएको बिशाल घरको बुई चढेर
मालिककै गुलेली मट्याङ्ग्राको त्रास देखाउछ
स्वाभिमान छिमेकीहरुलाई !
यस पाली रमिता उदेक लाग्दो छ
यो देखेर अचम्म लाग्छ !

अर्काको घर जलाउन कहिले आगो फुक्छ
कहिले अज्ञानी कुकुरहरुको हुल छोड्छ
कहिले सिमानामा साँडे छोडेर जान्छ
तमासा गरिबस्छ अनेक-अनेक गर्छ
आँखामा निख्खुर कालो चस्माको भ्रम राखेर
कु-दृष्टीको आँखा फुकालेर हेर्छ
खाली वारी-पारी छिमेक तिर!
उसैले भन्छ आफु माथी षड्यन्त्र भयो !
कसैको दमन सह्य हुने छैन चिच्याउछ आफै
पागलपनको पराकाष्ठा नाघेर!
यस पाली रमिता उदेक लाग्दो छ
यो देखेर अचम्म लाग्छ !

जब सम्म उस्को दिग्भ्रमित गतिबिधी माथी
मन्द मनस्थितिले विश्वसको पर्खाल हालिन्छ
तब-तब उस्को सामराज्यबादी नियतको
भयंकर पासोमा उदाङ्गो बनाएर फसाउने छ।
सर्लक्क हुर्केको बाछो छानी-छानी लगेर
यहीँको बाली नास गर्न साँडे हुर्काएर पठाउने
नियत पालेर सताब्दी पुर्ब बहादुरीको तक्मा
थमाउदै मृत्यु मञ्जुरीनामाको हस्ताक्षर गरायो।
उसैको साँढे मनपरी छोडेर रमिता हेर्दैछ
जरुरी भयो अब सिमाहरुमा काँडे बार लगाउनु
मिचिरहने थिचिरहने पिराहा छिमेकीलाई
असल मित्र भन्नु भन्दा शत्रु घोषणा गर्नु उचित !
खबरदार बुद्वको एकाग्रता भंग नहोस!
खबरदार! खबरदार! के भन्न नपाउदै
भुक्न थाले उल्टै ख्याँउ ख्याँउ ख्याँउ
टर्रो कर्कस आवाज कुकुरहरु !

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...