नेपालको सुन्दरता देखाउन परिवार लिएर आउँछु- डाक्टर किम
दक्षिण कोरियाको थेगुस्थित सामिल अस्पतालका निर्देशक डाक्टर किम जि गुन भुकम्पपछि नेपाल आईपुगेका थिए । एक्लै हैन, आफ्ना केही सहयोगी डाक्टर र नर्स सहित । दोलखाका केही स्थानमा निःशुल्क मेडिकल क्याम्प राखेर धेरैको सेवा गरेका किमलाई नेपाल बसाइले लोभ्यायो । छिट्टै उनी आफ्नो परिवार सहित नेपाल आउने तयारीमा छन् । उनै किमसँग फोनिज कोरिया डटकमका लागि नरेन्द्र रौलेले काठमाडौंमा गरेको कुराकानी :
पहिलो पटक नेपाल घुम्दा कस्तो लाग्यो ?
एकदमै सुन्दर । म त फेरी नेपाल आउन चाहन्छु । अब नेपाल आउ“दा भने एक्लै आउने छैन । परिवार लिएर आउछु ।
नेपालको के कुराले लोभ्यायो त्यसरी ?
नेपालीहरु इमान्दार लागे । सबैका मुहार ह“सिला देखें । त्यस्तो बिपद्का बेला पनि धैर्य गुमाएका छैनन् । तिनको मनमा आशा र सपनाहरु जिवित छन् । त्यस्तै भौगोलिक रुपमा पनि नेपाल अत्यन्तै सुन्दर छ ।
नेपाल आउनुअघि यहाँका बारेमा के–के कुरा थाह थियो ?
नेपालका बारेमा मैले इन्टरनेटमा पढेको थिएँ । पहिले राजाले चलाएको देश रहेछ, पछि जनताहरुले राजा हटाएर देशमा गणतन्त्र ल्याएछन् । त्यस्तै यहाँका प्राकृतिक सम्पदा, हिमाल र नेपाली जनजीवनबारे पनि धेरथोर थाह पाईयो । नेपालका धेरै ठाउँहरु घुम्न मन लाग्यो ।
नेपालमा मेडिकल क्याम्प राखेर कति दिन सेवा गर्नुभयो ?
हामीले स्थानिय हस्पिटलस“ग मिलेर काम ग¥यौं । दोलखाको गौरीशंकर हस्पिटलमा १ दिन, चरीकोटमा १ दिन मेडिकल क्याम्प राखेर सेवा ग¥यौं ।
कस्तो प्रकृतिका बिरामीहरु थिए ?
धेरै प्रकारका थिए । चोटपटक लागेका, आन्तरिक रोग लागेका थिए । धेरैजसो गाउँलेहरु २, ३ घण्टाको बाटो हिंडेर आईपुगेका थिए । म त एकदम एक्साइटेड भएँ ।
उपचारपछि गाउँलेहरुले कस्तो प्रतिक्रिया दिए ?
एकदमै खुसी भए । हामीलाई धन्यबाद दिए ।
यस अघि कोरियामा त्यस्तो अनुभव बटुल्नुभएको थियो कि ?
कोरियामा ठूलो भुकम्प आएको छैन । त्यसैले कतै जादा ठूलै क्याम्प लिएर जानु पर्दैन ।
भुकम्प आउदा विचार पु¥याउनुपर्ने कुरा के रहेछ ?
नेपालले राम्रो तयारी गर्नुपर्ने देखिन्छ । त्यसका लागी राजनीतिक लगायत अन्य प्रकारको वातावरण पनि मिल्दै जानुप¥यो । प्रायजसो डाक्टरहरु जनताको राम्रोस“ग उपचार गर्न पाए भन्ने ठान्छन् । आबश्यक पर्दा जहाँ र जतापनि जान तयार हुनुप¥यो । म पुगेको दोलखाको गौरीशंकर हस्पिटलमा पनि राम्रा डाक्टर पाए“ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुप¥यो । सरकारले चाहिँ यस्तो बिपद् व्यवस्थापनको दिर्घकालिन योजना बनाउनैपर्छ ।
घुम्नका लागी अरु मुलुक पनि जानुभयो कि ?
म गएको छैन । अन्य मुलुक जाने सोच पनि छैन् ।
नेपालीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
धेरै दुःख नमान्नुहोला । अब यो भन्दा दुःखका दिनहरु आउदैनन् होला । एकदिन पक्कै सुखका दिनहरु आउनेछन् ।