एक नेपालीको सुतेकै अवस्थामा मृत्यु
कोरियाको अन्सनमा कार्यरत एक नेपालीको सोमबार सुतेकै अबस्थामा मृत्यु भएको छ। मोरङ जिल्ला बिरटनगर स्थायी घर भै आनसान स्थित एक मोटर पार्ट कम्पनीमा कार्यरत ३८ वर्ष का ओम प्रकाश माझी सुतेकै अबस्थामा मृत फेला परेका हुन।
डायनामिक मोरङ कमिटि अध्यक्ष विनोद बुढाथोकीका अनुसार उनी कार्यरत कम्पनीमा उनी मात्र नेपाली रहेको र साहुले अन्य देशका कामदार ल्याउने तर नेपाली नल्याउने भनी दिइएको जानकारी पश्चात उनी तनाव रहेको जनाएको छ । कम्पनीको होस्टेलमा एक्लै बस्तै आएका उनी पहिला देखिनै निन्द्रा नलाग्ने र डिप्रेसनको औषधि लिँदै आएका थिए ।
सोमबार बेलुका काम सकेर परिवारसँग कुरा गरेर सुतेका माझी मंगलबार बेलुका सम्म पनि कम्पनी र परिवारको सम्पर्कमा नाअए पछि कोठा जादाँ ढोका को चुकुल लागेको अवस्था मा भेटेको थियो । त्यसपछी उनका साथीहरूले स्थानीय प्रहरीमा खबर गरी प्रहरीको सहायतामा उनी बस्ने होस्टेल(खिसुक्सा)को ढोका खोलेर हेर्दा उनी सुतेकै अबस्थामा मृत भेटिएका थिए।
मृत माझी पाच वर्षे कार्यकाल पूरा गरि करिब तीन वर्ष अगाडि पुन कोरिया प्रबेस गरेका हुन। माझिको परिवारमा बुबा आमा श्रीमती र दुई वर्षका एक छोरा रहेका छ्न। उनलाइ हाल आन्सान हस्पिटलमा राखिएको छ भने अहिले सम्म उनको मृत्युको कारण एकिन नभएको जनाएको छ ।