दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग
बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो ।
शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाज ख्याङ्सङ, बुसानको संस्थापक अध्यक्ष विश्वास ब्लोनको उपस्थितिमा हस्तान्तरण गरेको हो । उक्त रकम कोरियाबाट विश्वास ब्लोनको बैंक खातामा पठाएको थियो ।
कोरियामा करिब एक महिना सहयोग संकलन अभियान सञ्चालन गरेको थियो । नेपाल तामाङ संघका वरिस्ठ उपाध्यक्ष रवि लामा, उपाध्यक्ष स्नेह लामा, बुद्ध लामा, सचिव अमिर योञ्जन तामाङ, पत्रकार शुभराज बोम्जन, तामाङ कलाकार संघका अध्यक्ष युनिक दोङ र देव मोक्तान, करण डिमडुङले संकलन गरेको अभियान्त रवि लामाले जानकारी दिए । उनले, गत महिना इन्द्रेणी कार्यक्रमबाट देव लामा बचाउनका लागि सहयोग अपिल गरेपछि देव लामाका श्रीमती मिरा जोसी लामासँग कुराकानी गरी सहयोग अभियान सञ्चालन गरेको बताए ।
सहयोग संकलनमा ८९ जनाले जम्मा २४ लाख १४ हजार कोरियन वन आर्थिक संकलित भएको थियो । सहयोग संकलन गरी सहयोग गरेकोमा विरामी लामाका श्रीमती मिरा, अभियान्तहरुले सहयोगीमनहरुलाई धन्यवाद दिए ।
मकवानपुर हेटौंडा नगरपालिका–७ का देव लामा गत बर्ष बैशाख ८ गते शैचालयमा लडेर टाउकोमा चोट लागेको थियो । ‘टाउकोको उपचार गर्न ग्रीन सिटि अस्पतालमा अपरेशन गर्दा अपरेशन बिग्रिएपछि झन गम्भीर विरामी भएको उनकी श्रीमती मिराले बताइन् । एक वर्ष उपचार गर्दै गर्दा उनको सबै आर्थिक रकम सकिएपछि र नियमित औषधी सेवनको लागि पनि रकम अभाव भएपछि सहयोगका लागि देश-विदेशमा इन्द्रेणी साँस्कृतिक कार्यक्रम मार्फत अपिल गरेको थियो । अहिलेसम्मा इन्द्रेणी साँस्कृतिक कार्यक्रम लगायत अमेरिकाबाट सहयोग गरिसकेको छ ।