सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला
दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ l
नयाँ ज्याला अनुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिब १ लाख ८० हजार नेपाली रुपैया ) ज्याला पाउने छन् l
यो दक्षिण कोरियामा अहिले सम्मकै कम ज्याला वृद्धि हो । सन् २०२० लागी २.९ प्रतिशत बृद्वी भएको थियो भने सन् १९९८ मा सबै भन्दा कम २.७ प्रतिशत ले वृद्धि भएको थियो ।