गायक तथा सर्जक पुरन गुरुङको “ए ङोल्स्यो मारा” अब बजारमा ।


बोम्जन गुरुङ, सउल कोरिया ।

नेपाली लोक तथा दोहोरी गीत र संगीतको फराकिलो आकाशमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङले गुरुङ भाषाको गीत “ए ङोल्स्यो मारा” बजारमा ल्याएका छन् । गुरुङ संस्कार भित्रको ङोलो-ङोल्स्यो अर्थात सोल्टी सोल्टीनी विचको सम्बन्ध, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । यस गुरुङ गीतलाई नेपाली भाषामा अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । मिठो शब्द/लय चयनसँगै सुमधुर आवाजले सजिएको छमछमी नाच्न मिल्ने यस गीतको संगीत अझ गज्जबको छ ।

पुरन गुरुङकै शब्द/लयमा रहेको यस गीतमा मनोज गुरुङ र ममता गुरुङको स्वर, तेजेन्द्र गुरुङको संगीत संयोजन र क्यामेरामा खिम बहादुर गुरुङ रहेको यस गीतमा पोष्ट प्रोडक्शनको रुपमा मुनाल फिल्मस् प्रा.लि. पोखरा रहेको छ । निकट भविष्यमा अझ उत्कृष्ट म्यूजिक भिडियो तयार गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

पुरन गुरुङले एक वर्ष अघि राजु गुरुङ र शर्मिला गुरुङको आवाजमा “बोली फुटेन” लोकदोहोरी गीत पहिलो सांगीतिक कोसेली बजारमा ल्याएका थिए । “ए ङोल्स्यो मारा” भने उनको गुरुङ गीतको पहिलो सांगीतिक कोसेली हो । गुरुङ हाल रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत छन् । यो गीत STREAM NEPAL नामक यूट्यूब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा उपलब्ध छ ।

[भिडियो हेर्न तल को यूट्यूब लिंक क्लिक गर्नुहोला ।]

https://m.youtube.com/watch?v=zDNadAxSWQ8

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...