आफनो पहिचानको बुलन्द गर्दै उठौं आदिवासी ।


तेज प्हच्यु तमु /कतार

 

यही राष्ट्रका भूमीपूत्र हौँ

तर हामी उपेक्षित आदिवासी

कर्तव्यबोध नगरी हुँदैन

अधिकार अपेक्षित आदिवासी

 

हाम्रै पौरख र पसिनाले सिंचित

यो धर्ती हाम्रै यो माटो हाम्रै

आदिम कालखण्डमा पूर्खाले

छिचोलेका यी मूलबाटो हाम्रै

 

इतिहास केलाउनु टड्कारो छ

कहाँ किन चुक्यौं आदिवासी

राष्ट्रिय समुदायमा नै विभेद छ

कहिले किन झुक्यौं आदिवासी

 

मौलिक संस्कृति, मौलिक भाषा

सबै हाम्रो पृथक पहिचान

मौलिकताकै अतिक्रमण नहोस

अब थालौं राष्ट्रिय अभियान

 

चल्मलाऊँ पौरखी यी हातहरु,

जन्मभूमी पुकार्छिन हामीलाई

रगत पसिना प्रवासमै सिंचिए,

जननी धिक्कार्छिन हामीलाई

 

कस्तो उन्नति खोज्दैछौं हामी,

देशको उर्वर माटो बाँझो राखेर

कर्म बिनाको खोक्रो रवाफ ब्यर्थ,

सगरमाथाको शिर दाँजो राखेर

 

असक्षम कदापि छैनौं हामी

आरक्षणको विकल्प बदल्नुछ

आदिवासीको मर्म र अस्तित्व,

संरक्षणको दृढ संकल्प गर्नुछ

 

नगरौं अबेला ऐक्यबद्धताका

साथ अब जुटौं आदिवासी

आफ्नो पहिचानको आवाज

बुलन्द गर्दै उठौं आदिवासी ।

 

२६औं विश्व आदिवासी दिवसको शुभकामना।

लेखक तमु समाज कतारका महासचिव हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...