कोरियामा फेरि बढे कोरोना संक्रमित, १२ जना विदेबाट अएका सहित एकैदिनमा २ सय ६९ जना थपिए
दक्षिण कोरियामा आइतवार पाँच महिना यताकै सबै भन्दा बढी नयाँ कोरोना भाइरसका संक्रमित फेला परेको छ । आज मात्रै २७९ जना थप संक्रमित फेला परेको हो । जस मध्ये १२ जना विदेश बाट आएको रहेको जनाएको छ । विशेष गरि राजधानी सउल क्षेत्रमा ठूलो संख्यामा संक्रमित बढेको हो ।
कोरिय रोग नियन्त्रण र रोकथाम केन्द्र (केसीडीसी)का अनुसार कोरियामा आजको सहित कुल संक्रमितको संख्या १५ हजार ३ सय १८ जना पुगेको छ ।
मार्चको सुरुवात देखि दैनिक २ सय जना भन्दा कम मात्र संक्रमित देखा पर्न थालेको थियो । पछिल्लो समय २० देखि १० जना भन्दा कम मात्र संक्रमितको संख्या दैनिक देखा परेकोमा हिजो शनिबार एकासी १ सय भन्दा बढी संक्रमित फेला परेको थियो ।
२ सय ७९ नयाँ संक्रमित मध्ये १ सय १३१ जना राजधानी सउलमा नै फेलापरेको जनाएको छ । त्यस्तै ९६ जना ख्यङ्गी प्रान्तको रहेको छ ।
यसरी नयाँ संक्रमितको संख्या बढ्न थालेपछि राजधानी सउल र वरिपरिका ठाउँहरुमा सुरक्षाको व्यवस्था कडा पारिएको जनाएको छ ।
हाल सम्म कोरियामा कोरोना बाट मृत्यु हुनेको संख्या ३ सय ५ जना पुगेको छ भने १३ हजार ९ सय दस जना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।