किरात राई यायोक्खा दक्षिण कोरियाको अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न
किरात राई यायोक्खा दक्षिण कोरिया र केन्द्रिय समिति नेपालका अध्यक्ष श्री दिवश राई बीच अनलाइन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अगस्ट १६ तारिख आइतबार भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रिय अध्यक्षद्वारा यायोक्खा स्थापना कालदेखिका गतिविधि र अहिलेसम्म हासिल गरेका उपलब्धिहरुबारे जानकारी गराइएको थियो।
उहाँले संस्था वि.सं.२०४५ सालमा स्थापना भई वि.स. २०६४ सालबाट निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको र हालसम्म करिब ३०० जना भन्दा बढी नेपाल सरकार अन्तर्गत निजामती कर्मचारीको रुपमा नियुक्ति भईसकेको जानकारी गराएका थिए। यसैगरी किराँत संस्कृतिको संरक्षण संगसंगै विकास र प्रवर्द्धन गर्नुपर्ने भन्दै विभिन्न १९ देशमा किरात राई यायोक्खा समिति गठन भईसकेको पनि अवगत गराएको यायोक्खा कोरियाका सूचना विभाग प्रमूख अर्जुन राईले फोनिजलाई जानकारी गराएका छन्।
उक्त अनलाइन अन्तरक्रिया कार्यक्रममा किराया कोरिया केन्द्रिय समितीका साथै बुसान र गजेदो शाखाका पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन यायोक्खा कोरियाका महासचिव जीवन तेप्तास राईले गरेका थिए भने यायोक्खा कोरियाका उपाध्यक्ष दीपा मेवाहाङ्ग राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।