दक्षिण कोरियाका पूर्वराजदूत कमान सिं लामाको कोरानाका कारण निधन
दक्षिण कोरियाको पूर्व राजदूत कामान सिं लामाको गए राती निधन भएको छ । कोरोना संक्रमन देखिएपछि महारञ्जगंज स्थित शिक्षण अस्पतालमा उपचारक्रममा लामाको निधन भएको हो ।
सुगर र प्रेसरको बिरामी समेत रहेका पूर्वराजदूत लामाले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएकोले अस्पताल भर्ना भएको जानकारी गराएका थिए । लामाले आफ्नो कार्यकालमा कोरियामा उच्च स्तरिय परराष्ट्र मन्त्रीको पहिलो भ्रमण गराउन सफल भएका थिए । साथै भगवान बुद्धको जन्म भारतमा भएको अध्ययन गर्दै आएका कोरियन समाजमा बुद्ध नेपालमा जन्मेको भन्ने अभियानमा सक्रिय रहेका थिए ।
कोरियामा दोस्रो राजदूतको पूर्ण कार्यकाल निभाएका लामाले नेपालमा कोरियन व्यवसायीहरुको लागनी भित्राउन धेरै पहल गरेका थिए । साथै कोरियाको नेपाली समुदायको हरेक कार्यक्रममा उपस्थित भई उत्साह र हौसला दिने गर्थे ।
पूर्वराजदूत लामाको निधनप्रति नेपाली राजदूतावास दक्षिण कोरिया र आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले शोक वक्तव्य जारी गरेका छन् ।