मगर सङ्घ थेगु साखाको दोर्स्रो अधिवेशन सम्पन्न, अध्यक्षमा चिरन थापा
नेपाल मगर सङ्घ दक्षिण कोरिया थेगु साखाको दोस्रो अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । कोभिड -19 कोरोनाको कहरको बाबजुत पनि दोस्रो अधिवेशन चिरन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरि दोस्रो अधिबेसन भब्यताको साथ सम्पन्न भएको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिप सहयात्री मगर, उपाध्यक्षहरु मिलन राना मगर, जीवन बुढा मगर, असिम आले मगर, एकराज लुङ्गेली मगर निर्वाचित भएको छ ।
महासचिवमा खडक मगर र सचिवमा दुर्गा टियर मगर र प्रमिला घर्ति मगर रहेको छ । त्यस्तै कोसाध्यक्षमा चन्द्र थापा मगर र सह-कोसाध्यक्षमा बिजय श्रीस मगर निर्वाचित भएका छन् ।
नि वर्तमान अध्यक्ष कुमार गर्बुजाको सपापतित्व तथा नेपाल मगर सङ्घ दक्षिण कोरिया केन्द्रीय अध्यक्ष सि. पि . मगरको प्रमुख अतिथ्य र थेगु नेपालि एकता मन्च अध्यक्ष र मगर सङ्घ थेगु साखाका संरक्षक नगेन्द्र मगर को बिशेष अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
साथै कार्यक्रममा विभिन्न सङ्घ सस्थाको प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
नव निर्बाचित अध्यक्ष चिरन थापा मगरले आगामी दिनमा सबैसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिभिन्न सङ्घ सस्थाका उपस्थित अतिथितिहरुले नि-बर्तमान कार्यसमितिलाई सफल कार्यकाल सम्पन्न गरेकोमा हार्दिक धन्यवाद तथा नव निर्वाचित कार्यसमितिलाई बधाई दिएको थियो ।
नव निर्वाचित नयाँ कार्यसमिति :-
अध्यक्ष -चिरन थापा मगर
ब.उपाध्यक्ष-दिप सहयात्री मगर
उपाध्यक्ष -मिलन राना मगर
उपाध्यक्ष -जीवन बुढा मगर
उपाध्यक्ष -असिम आले मगर
उपाध्यक्ष -एकराज लुङ्गेली मगर
महासचिव -खडक मगर सचिब-दुर्गा टियर मगर
सचिब-प्रमिला घर्ति मगर
कोसाध्यक्ष-चन्द्र थापा मगर
सह-कोसाध्यक्ष- बिजय श्रीस मगर
सदस्य – सन्तोस मगर
सदस्य – मनोज फाल मगर