तामाङ समाज ख्याङ्साङ बुसानले जुम मार्फत सोनाम ल्होछार शुभकामना आदान प्रदान
तामाङ समाज ख्याङ्साङ बुसान दक्षिण कोरियाले आयोजना गरेको मन्जुश्री सम्बत २८५७ औं लाङ ल्हो अर्थात् गाई वर्ग सोनाम ल्होछार शुभकामना आदान प्रदान सम्पन्न भएकाे छ । विहीबार भएकाे कार्यक्रम जुम मार्फत भएकाे हाे ।
“राष्ट्रिय पर्ब सोनम ल्होछार हाम्रो सान ! आफ्नो मौलिक चाड संरक्षण हाम्रो अभियान”!! भन्ने मुल नाराको साथ आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सभाका उपसभामुख राधिका तामाङ रहेकी थिइन । त्यस्तै विशेषा अथितिहरु अन्तर्राष्ट्रिय तामाङ परिषदका बरिस्ट उपाध्यक्ष टाशी लामा, नेपाल तामाङ घेदुङ संघिय परिषद उपाध्यक्ष कुमार घिसिङ र तामाङ भाषावीद अमृत योञ्जन रहेका थिए । उनीहरूले ल्होछारको शुभकामना मन्तब्य क्रममा ल्होछारको शुभकामना सहित तामाङ इतिहास, महत्व, मनाउने तरिका र अहिलेको बिकृति बारे आ-आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा काेरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले सहभागी जनाएका थिए । कोभिड १९ को महामारीको विषम परिस्थितिमा पनि आफ्नो मौलिक पर्बको संरक्षण गर्ने उदेश्यले zoom भर्च्युअल मध्यमबाट गरिएको उक्त कार्यक्रममा सहभागी भइ कार्यक्रम सफल पारिदिनु हुने सम्पूर्ण महानुभावहरु आयोजक संस्थाका अध्यक्ष सुजित घिसिङले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन् ।