कोरियामा अटिजम सम्बन्धि अन्तरक्रिया हुने
निश्चल काउचा
सोल – तपाई हामीले हाम्रै घर , टोल वरपर दाम्लाले बाधेर या खोरमा थुनेर जनावर सरि राखेका बालबालिका देख्दै आएका छौ | यसरी पशु सरह व्यवहार भोग्न बाध्य बालबालिकाले उचित उपचार र शिक्षा प्राप्त गर्न सके समाजको लागि बोझ होईन् उदाहरनिय कार्य गर्न सक्छन भन्ने प्रमाणित दोलखाकी सबिता उप्रेतीले गरेकी छिन | सबिताले काठमाडौंको पुरानो सिनामंगल पेप्सीकोलामा विशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) खोलेर ४० जना अटिजम बालबालिकाको रेखदेख गर्दै आईरहेकी छिन |
चरम आर्थिक संकटबाट गुज्रिरहेको सविताको संस्थालाई सहयोग गर्ने हेतुले कोरियामा बिक्रम ठकुरीको नेतृत्वमा खोलिएको ” अटिजम बालबालिका सहयोग” नामक संस्थाले यही जुलाई १९ तारिख आइतबारको दिन अटिजम सम्बन्धि अन्तरक्रिया र सोहि अवसरमा आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लाग्नु भएका नेपाल दुताबास कोरियाका उपनियोग प्रमुख श्री राजाराम बर्तौलाज्युलाई बिदाई कार्यक्रम आयोजना गर्न गईरहेको हुदा कोरियामा रहनु हुने सम्पुर्ण संघ-सस्थाका प्रतिनिधिहरु ब्यापारी,पत्रकार लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई संस्थाले हार्दिक आमन्त्रण गरेको छ |
पुनश्च –
१ – अटिजम बारे जानकारी गराईने।
२- अभियानको उद्देश्य बारे प्रष्ट पारिने।
३- अटिजम सम्बन्धि चेतनामूलक डकुमेन्ट्री देखाईने।
४- कोरियाबासी नेपालीलाई सबिता उप्रेतीले गर्नुभएको सम्बोधनको भिडियो क्लिप देखाईने।
५- उपनियोग ज्युलाई संघ-सस्थाबाट बिदाई गरिने।
मिति: २०१५,जुलाई १९ तारिख
समय : बिहान ठिक १२:०० बजे
स्थान : नेपाल हाउस
सम्पर्क:
बिक्रम ठकुरी – ०१०८६८९३३३६
हरि खनाल -०१०५९२४२५७४