मद्वारा मेरो निर्माण (कविता)
चेतना- बन्जरताले ढाकेको छ
मानव -सम्पूर्णता खोज्छ
युगले थिचेर
ईतिहासले ढाकेर
समयले चेप्टाएर
सभ्यताले छोपिएर
आफ्नै मष्तिकको गुलामीले
थिचिएको छु,आफै भित्र पुरिएको छु,
हिऊदको बदल भएको छु
अनादी समयको राजदुत भएको छु
सागुरो,चेप्टो, बिभाजित छन् आकाश
स्वास फेर्न, पैताल राख्नै गाह्रो छ
अन्ततोगत्व-
मुश्लीहरूले हिर्काएर
दुम्सीका काडाहरू छेडेर
भगाऊनु छ,मा..थि माथिसम्म आकाश
विशाल र स्वतन्त्र फराकिलो बनाऊनु छ
तस्तरी नै
सागुरो छन् हामीले हिड्को बाटो
वासाडं् भिरेर तिन तियाली तिन वाचा
पॅाच तियाली पॅाच वाचा कसेर
झर्के थालले चिर्नु छ,समयाऊनु छ अबरोहहरू
दलदला र भास छन अगि- पछि
पाईला पाईलामा अम्लिसोको पत्ताहरू बिच्छाएर
लाखौ माईलको पदचाप बढ्ऊनु छ
समयको विगठन गरेर
युगिन बोधसित समन्यजता गरि
स्वयम आफैले
आफूद्वारा आफ्नो निर्माण गर्नु छ
समयको दशगज्जाबाट
आधा कदमा उभिएको आफ्नै आकृतिलाई
सग्लो मानवको मानक निर्माण गर्नु छ
मद्वारा मेरो निर्माण गर्नु छ ।
– कवि इतर आवाज साहित्य समाज कोरियाका अभियान्ता हुनुहुन्छ।