कोरियाका राष्ट्रपति मुन जे इनले कोरोना खोप लगाउने
दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले आगामी हप्ता कोरोना विरुद्धको एष्ट्रेजेनेका खोप लगाउने भएका छन् । सो बारे कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) ले सोमबार घोषणा गरेको कोरियन संचारमाध्यमहरुले जानकारी गराएका छन् ।
ब्रिटेनमा हुन लागेको जि सेभेन समूहको शिखर सम्मेलनमा सहभागी हुन विदेश जानुपर्ने भएकाले ६८ वर्षिय राष्ट्रपति मुन र उनकी धर्मपत्नी ६७ वर्षिय किम जंग सुकले मार्च २३ तारिख खोप लगाउने भएका हुन् । सोही दिन देखी कोरियामा ६५ वर्ष भन्दा माथिका उमेर समूहलाई सार्वजनिक रुपमा खोप लगाउन आरम्भ गरिने केडीसीएले जनाएको छ ।
राष्ट्रपतिले नै कोरोना खोप लगाएपछि खोपको सुरक्षा र प्रभावकारिता बारे सार्वजनिक चिन्तामा कमि आउने आशा लिएका छन् ।