कोरियन सरकारले विदेशी कार्यरत ३५७ ठाउँलाई कोरोना बारे नियम उल्लघन गरेकोमा कारवाही
दक्षिण कोरियाको सरकारले कोरोना रोकथाम सम्बन्धी जारी गरेको नियम उल्लघन गरेको कसुरमा विदेशी कामदार कार्यरत ३५७ स्थानलाई कारवाही गरेको कोरियन संचारमाध्यमले जनाएको छ ।
कार्यस्थलमा माक्स नलगाएको , खाना खानेठाउँमा एक टेबुलमा ४ जना भन्दा बडी बसेको , एक कोठामा पाँच जना भन्दा बढी बसेर नियमको उल्लघन गरेको कसुरमा जरिमाना र सजाय तोकी कारवाही गरिएको हो ।
रोजगार तथा श्रम मन्त्रालयले पछिल्लो समय विदेशी कामदारलाई तारगेट गरी ११ सय कार्यस्थलमा विषेश निरिक्षण गरेको कोरियन न्युज च्यानल यनहापले जनाएको छ ।