तमू धीं कोरियाको नवौं केन्द्रीय अधिवेशन एप्रिल ११ मा हुने, उम्मेद्धारी दर्ता शुरु


बोम्जन गुरुङ

दक्षिण कोरिया स्थित गुरुङ (तमू०) हरुको संस्था तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आगामी एप्रिर ११ तारिखे हुने भएको छ । वर्तमान कोरोना कोभिड(१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै सो दिन भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो ।

संस्थाको विधान अनुसार केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण ढिलाई भएको अध्यक्ष जित गुरुइ०ले स्पष्ट पारे । नयाँ कार्यसमिती चयनको लागि संस्थाका रक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ सहित ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । इच्छुक उम्मेद्धारले तोकिएको शुल्क तिरी आफ्नो उम्मेद्धारी दिने अन्तिम मिती एप्रिल ७ तारिखसम्म तोकिएको छ ।

सन् १९९९ मा स्थापना भएको तमु धीं कोरियाले  विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमु (गुरुङ) जातिको  मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्परा लगायतको जगेर्ना गर्ने  कार्यमा  संस्थाले महत्वपूर्ण टेवा पुर्याईरहेको छ । कोरियामै आफ्नो दुई शाखा विस्तार र विकास गर्दै विगत लामो समयदेखि तमू धीं सेल्टर पनि संचालनमा ल्याई सेवा प्रदान गरिरहेको संस्थाको महासचिव लेसन गुरुङले स्पष्ट पारे ।

तमू धीं दक्षिण कोरियाको आसन्न नवौं केन्द्रीय अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्पूर्ण संस्था सम्बद्ध शुभचिन्तक र कोरियावासी तमू दाजुभाई तथा दिदिबहिनीहरुलाई सहभागिताका लागि तमू धीं दक्षिण कोरियाले अनुरोध गर्दै हार्दिक निमन्त्रणा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...