११ देशमा राजदूत नियुक्तिको सिफारिस, करिव ३ वर्ष पछि दक्षिण काेरियाले पाउने भए राजदूत
परराष्ट्र मन्त्रालयले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । यस संगै तीन वर्षदेखि राजदुत विहिन दक्षिण काेरियाले पनि राजदुत पाउने भएकाे हाे ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएको छ ।
शुक्रबार मात्रै पुनर्नियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक साताअघिकै मन्त्रिपरिषद्ले राजदूतको नाम सिफारिस गरेको जानकारी दिँदै प्रस्तावित नाम संसदीय सुनुवाइ प्रक्रियाका लागि शुक्रबार संसद् सचिवालयमा पठाइएको जानकारी दिए । लामो समयदेखि रिक्त रहेका र अरू रिक्त स्थानमा पनि एकमुष्ट रूपमा राजदूत सिफारिस गरेर पठाइएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर तथा महेन्द्र मोरङ क्याम्पसमा राजनीतिशास्त्रका पूर्वप्राध्यापक रमेशचन्द्र पौडेल श्रीलंकाका लागि राजदूत सिफारिस भएका छन् । अस्ट्रेलियाको राजदूतमा सुम्निमा तुलाधर प्रस्तावित छिन् ।
यसैगरी रुसका लागि रुसी भाषाका ज्ञाता तथा अनुवाद साहित्यमा नाम बनाएका जंगबहादुर (जंगब) चौहान प्रस्तावित छन्, जंगब काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत छन् ।