कोरोनाका कारण सात महिनादेखि बन्द रहेको इन्छन एयरपोर्टे टरमिनल १ को पसलहरु शुक्रबारबाट खुल्ने
विश्वकै उत्कृष्ठमध्ये एक दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थल टरमिनल १ को कोरोना महामारीका कारण विगत सात महिनादेखि बन्द रहेको फ्रि डिउटी शप यही शुक्रबारदेखि खुल्ने भएको छ ।
गत अक्टोबरदेखि बन्द भएको पसलहरु प्रत्येक दिन विहान ५ बजेदेखि रातको ८ बजेसम्म खुल्ने छ । विमानस्थलको पूर्व र पश्चिम तर्फ अवस्थित पसलहरुमा पेय, फष्टफुट, धुमपान र सौन्दर्य लगायत विभिन्न किसिमका सामग्रहीहरु किन्न सकिने छ । स्वादेखि तथा विदेशी सबै आगमन यात्रुहरुले डिउटी फ्रि सामानहरु किन्न सक्नेछन् ।
कोरोना महामारीका कारण आर्थिक संकट खेप्नुपरेपछि गत वर्ष नै पसलहरुको करार सकिएक पनि पुनह संचालनमा ल्याएको विमानस्थल प्रशासनले जानकारी गराएको छ ।