एनआरएन कोरियाको आगामी अधिवेशनको लागि निर्वाचन र विधान संशोधन समितीका सदस्य चयन
एनआरएनए दक्षिण कोरियाको आगामी जुलाई ४ तारिख गरिने आठौ अधिवेशनको लागि डा. ज्ञानेन्द्र प्रशाद जोशीको संयोजकत्वमा गठित निर्वाचन समितीमा चार सदस्य चयन भएका छन् ।
बुधबार सम्पन्न एनआरएनको कार्यसमिती बैठकले निर्णय गरे अनुसार निर्वाचन समितिमा एनआरएन पूर्व पदाधिकारी दिनेश हिराचन र अमुत राई, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगल तेण्डु शेर्पा र नेपाली समपर्क समिती कोरियाका अध्यक्ष श्री श्रेष्ठ सदस्यमा चयन भएका हुन् ।
त्यसैगरी ड. अग्निराज कोरियाको संयोजकत्वमा गठित विधान संशोधन समितीमा पत्रकार शिव भुषाल र आइविके बैंकका कर्मचारी दावा लामा चयन भएका छन् ।