कोरियाबाट नुवाकोटको त्रीशुली अस्पताललाई आई. सि. यू बेड र मनिटर सहयोग
नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट त्रीशुली कोलनि स्थित एक मात्र सरकारी हस्पिटल त्रीशुली हपिटललाई होजो(जुन १८) २ थान आई सि यु बेड र २ थान मोनिटर हस्तान्तरण गरिएको छ ।
नुवकोटबाट कोरिया आई बसोबास गर्दै आइरहेका नुवाकोट बासीबाट संकलित र नुवाकोट समाज दक्षिण कोरियाको कोषबाट उक्त सहयोग प्रदान गरिएको नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर प्रसाद अधिकारीले बताएको हो ।
‘विश्वनै आक्रान्त पारेको कोरोना भाईरससंग विश्वका धनी देशहरुलाई त हम्मे हम्मे परेको अबस्थामा हाम्रो जस्तो गरिब देशलाई झन गार्हो हुने देखेर हामीले हाम्रो सस्थागत निर्णय गरेर उक्त सहयोग गरेको हौ।’ अधिकारीले बताए ।
संस्थाको पहलमा पहिलो चरणको कोरोना महामारीको बेला पनि नुवाकोटका सम्पुर्ण ९२ वटा स्वास्थ्य सस्था र फ्रन्ट लाईनमा रहने प्रहरी र पत्रकारहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।
‘नुवाकोटेहरु प्रबासमा एक हौ बिपतकालागि आफ्नो देशको लागि पानीको थोपा जति सहयोग गरौ भन्ने आशय सहित सुरु गरिएको अभियानमा सहभागी सम्पुर्ण र विशेष सहयोग गर्नु भएका दिप नारायण चौधरी लाई पनि नुवाकोट समाज कोरिया हार्दिक धन्यबाद तथा नमन गर्न चाहन्छ’ अध्यक्ष अधिकारीले थपे ।
यो अभियानको हिसाब किताब छिट्टै नुवाकोट समाजको आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरिने अध्यक्ष अधिकारीले बताएको छ ।