दक्षिण कोरियाली कम्पनी एसके बायोसाइन्सले विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्ने गरी काम सुरु गरेको छ । एसके बायोसाइन्सले उत्तर योङ्सान प्रान्तमा खोप केन्द्रहरू विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । खोपको बढ्दो मागलाई ध्यानमा राख्दै उच्च प्रविधिको सुविधा विस्तार गर्न थप केन्द्रहरू सुरक्षित राख्न एसके बायोसाइन्सले सन् २०२४ सम्ममा करिब १ खर्ब ५० करोड वन लगानी गर्ने जनाएको छ ।
एल हाउसले यो लगानीमा उत्पादन सुविधाहरू विस्तार गर्नेछ । एल हाउसले कोषीका परीक्षण, जीवाणु परीक्षण, आनुवंशिक पुनः संयोजन र प्रोटिन ‘बाइन्डिङ’जस्ता नवीनतम सेवा तथा खोप उत्पादन लगायतका नयाँ सुविधाहरू स्थापना गर्नेछ ।
यसबाहेक, यसले ग्योङबुक बायोको दोस्रो औद्योगिक क्षेत्रमा थप ९९ हजार १३० वर्ग मिटर जमिन खरिद गरी कारखाना स्थललाई १ लाख ६१ हजार वर्ग मिटरमा विस्तार गर्नेछ । एसके बायोसाइन्सले बढ्दो खोप उत्पादनका साथ कोरियाली घरेलु बजारमा आफ्नो प्रमुख स्थानलाई सुदृढ पार्न र विश्वव्यापी खोप उत्पादनको केन्द्र बन्न आफ्नो व्यवसाय विस्तार गर्ने योजना बनाएको हो ।