Advertisement
SKIP THIS

कोरियामा किन र कसरी हुन्छ त ठगि ?


आजभोलि कोरोनाले गर्दा मोबाइल हेरेर बस्ने समय बढेको छ। बाहिर जाने, अथवा शारीरिक रुपले केही गर्ने वातावरण नभएकोले पनि धेरैले मोबाइल र कम्प्युटर चलाएर फुर्सदको समय बिताइरहेको पाइन्छ।

मोबाइल र कम्प्युटर धेरै चलाउँदा मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने त थाहा भएकै हो । त्योभन्दा खतरनाक अहिले आएर इन्टरनेटमार्फत ठगि गर्नेहरूको संख्या धेरै बढेको छ। इन्टरनेटमा जति लामो बस्यौ त्यति नै धेरै ठगी विज्ञापनहरु पनि देख्न सक्छौ । कसैले सस्तोमा मोबाइल लगाएत इलेक्ट्रोनिक सामानहरु बेच्नको लागि भनेर राखेको हुन्छ त कसैले नेटवर्ककिङ व्यावस हो भन्दै पैसा कमाउने प्रलोभन देखाइ रहेको हुन्छ।

हामि धेरै नसोची, नबुझी त्यसमा लगानी गर्ने अथवा यति सस्तोमा सामान पाउँछ भने किन नकिन्ने भनी उनीहरुले थापेको पासोमा पर्छौं। केही समय त आफूलाई फाइदानै भएको जस्तो भएतापनि अन्त्यमा यिनीहरुको भनेको धेरैजसो ठगनै हुन्छन्।

यहाँ तल कस्तो कस्तो तरिकाबाट मान्छेहरु ठगिमा परिरहेको छन् भन्ने केहि उदाहरणहरु छन्।

१। फेसबुकबाट सस्तोमा सामान बेच्न भनि फोटो राख्ने , अनि ग्राहकले सामानको पैसा डिपोजिट गर्न बित्तिकै सामान पोस्ट नगरि भाग्ने ( सम्पर्कमा नआउने ) ।

२। नेटवर्ककिङ व्यावसाय हो अथवा यो लगानी हो भन्दै कुनै एउटा साइटमा लगानी गर्न लगाउने र लगानीकर्ता धेरै भएपछि पैसा बटुलेर भाग्ने।

३। पार्टटाईम कामको भ्यकन्सि भन्दै व्याक्तिगत विवरण लिने र अपराधमा प्रयोग गर्ने (अन्त्यमा जसको विवरण अपराधमा प्रयोग भएको उहाँ प्रहरीमा समातिने धाइरहनुपर्ने, यदि       आफ्नो व्यक्तिगत विवरण अपराधमा प्रयोग भएपनि होस् भन्ने मनशायले दिइएको ठहरिएमा सजाय पनि भोग्नु पर्ने हुन्छ)।

४। फेसबुक अथवा कुनै सामाजिक सञ्जालमा साथी बनी कुरा गरिसके पछि, हाल केही अप्ठ्यारो परेको भएर केही रकम थोरै समयको लागि सहयोग भनि मागेर पैसा लिएर भाग्ने। ( धेरैले म अमेरिकाको आर्मी हो भनेर झुक्याएको पाइन्छ ) र उनीहरु कम्तीमा पनि दुई तीन हप्तासम्म राम्रोसँग कुरा गर्छन्। अनि आफूलाई प्रेम गर्ने र सम्भव भए भविष्यमा विवाह गर्ने प्रलोभन देखाउने गरेको छ।

६। कुनै फन्ड वा कोईन लगानी गरी धेरै नाफा कमाउने लोभ देखाउने।( यसको लागि कसरी नियन्त्रण गर्ने भन्ने कानुनहरु धेरै बनिसकेको छैन। तर पनि धेरै देशको सरकारहरूले यो हाई रिस्क लगानी भएको कारण पैसा डुबेमामा सहयोग नगर्ने गरेको छ।)

अन्त्यमा यस्ता ठगबाट बच्नको लागि के गर्न सकिन्छ त  ?

  • यदि नचिनेको नम्बरबाट फोन अथवा मेसेज आउछ भने नहेर्नुस अथवा नऊठाउनुहोस्।
  • कसैले आफ्नो व्यक्तिगत विवरण मागेमा केको लागि आवश्यक परेको हो, बुझेर मात्र दिनुहोस्।
  • आफ्नो नामबाट कतिवटा मोबाइलको सिमकार्ड लिएको छ , बेलाबेलामा चेक गर्नुहोस।  ( वेबसाइटबाट आफैपनि चेक गर्न सकिन्छ अथवा टेलिकममा गई बुझ्न सकिन्छ ) तपाईंको व्याक्तिगत विवरणबाट सिम निकालेर अपराधको लागि चलाइरहेको हुनसक्छ।
  • कोहीसँग पनि पैसाको कारोबार नगर्नुहोस्। व्यक्ति व्यक्तिमा पैसाको कारोबार गर्दा, जो व्यक्तिसँग कारोबार गरेको ऊसँग नै सम्बन्ध नराम्रो हुनसक्छ। आजभोलि विदेशलाई पनि बैंकले रिन दिने गरेको छ। यसलाई उपयोग गर्न सक्नुहुनेछ।
  • यदि कसैले लगानी गर्नको लागि भन्छ भने, एकदमै बुझेर मात्र लगानी गर्नुहोस्।
    ( वरपर सबैसँग पैसा सापटी लिएर लगानी गरेर फस्नेहरु पनि छन् )

लेखक –  पहिलो नेपाली महिला कोरियन प्रहरी हुन
(हाल दक्षिण कोरियाको ह्वासंग स्थित प्रहरी प्रशासनमा कार्यरत छन् )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...