भक्तपुर समाज कोरियाले नेपालमा कोरोना नियान्त्रणको लागि आर्थिक सहयोग गरे
कोरोना माहामारी नियन्त्रणको लागि कोरियाबाट विभिन्न संघसंस्थाले नोपलको विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहेका छन् । यसैक्रममा भक्तपुर समाज दक्षिण कोरियाद्वारा संकलित रु. १ लाख ५० हजार रकम नेपालमा भक्तपुर समाजका संस्थापक तथा पुर्वअध्यक्ष रमेश खावाजुको संयोजकत्वमा सामुहिक रुपमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको छ ।
सो सहयोग रकम भक्तपुरको ख्वाप अस्पतालमा निमार्ण गरिएको अक्सीजन प्लान्टमा खर्च गरिने छ । ति अक्सीजनहरु कारोना विरामीहरुलाई निशुल्क वितरण गर्दै आएका छन् । यस अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने दक्षिण कोरियामा रहेका सहयोगदाताहरुलाई समाजका अध्यक्ष रमेश गिरीले धन्यबाद दिएका छन् ।
सो हस्तान्तरण कार्यक्रममा भक्तपुर समाजका सल्लाहकार ओम सुवाल ,संस्थापक तथा पुर्वउपाध्यक्ष दिनेश राज गिरी , संस्थापक तथा पुर्वसचिब संजन जोन्छे ,मोहन श्रेष्ठ ,रोशन मैया सुवाल तथा राजु अवाल सहभागी भएका थिए ।
कोरियामा २०१३ सालमा स्थापना भएको भक्तपुर समाजले विभिन्न आर्थिक सहयोग गर्नका साथै आप्mनो कला र संस्कृतीको प्रवदर्न गर्ने कार्यक्रमहरु गर्दै आएका छन् ।