एनआरएन कोरियाका क्षेत्रिय अध्यक्ष मदन भुजेलको आकस्मीक निधन
एनआरएन दक्षिण कोरियाका छुइ०छइ० क्षेत्रीय समितीका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण आइतबार आकस्किम निधन भएको छ । शनिबार थेजनको उल्जी अस्पतालमा भर्ना गरिएको भुजेलको आइतबार दिउसो १२बजेर १४ मा निधन भएको चिकित्सकले जनाएको छ ।
शनिबार बेलुका काम सकेपछि नजिकैको ग्राउनमा फुटबल खेलेर आराम गरेको बेला अचानक बेहोस भएका मृतक भुजेललाई तत्काल अस्पाल गलिएको थेजन नजिकै माझान स्थित फलाम कम्पनीमा संगै कार्यरत आशिस गुरुइ०ले बताए । अस्पतालमा भर्ना गर्नसाथ सघन कक्षामा राखिएको मृतक भुजेलको अन्नत बेहोसीमै निधन भएको अस्पतालले जनाएको छ ।
भुजेल एक महिना अघि मात्र एनआरएन कोरियाको छुइ०छइ० थेजन क्षेत्रिय समितीको अध्यक्षमा चयन भएका थिए । साथै थेजन नेपाली समाजका पूर्व उपाध्यक्ष रहेका थिए । भुजेल प्रवाशी नेपाली मञ्चका केन्द्रिय सदस्य समेत रहेका थिए ।
खोटाङ जिल्ला तुवाचुङ नगरपालिका ९ निवासी भुजेल इपिएस मार्फत १२ वर्ष अघि कोरिया प्रवेश गरेका थिए । हाल उनी इ सेभेन भिषा प्राप्त गरी दक्ष कामदारको रुपमा कार्यरत थिए । घरका जेठा छोरा भुजेलका ६ वर्षिय छोरा र दुई वर्षका छोरी र पत्नि रहेका छन् । उनका कान्छा भाई पनि कोरिया मै कार्यरत छन् ।
हाल भुजेलको शब थेजन स्थित उल्जी अस्पतालमै राखिएको छ । शब नेपाल पठाउने की यतै अन्तिम संस्कार गरिने परिवारसंग छलफल भइरहेको भाई प्रेम भुजेलले जानकारी गराए । एनआरएन कोरियाका अध्यक्ष दिपक पुन र पूर्व अध्यक्ष यज्ञराज सुवेदीलगायत अन्य प्रतिनिधीहरु अस्पताल पुगी आवश्यक प्रक्रिया पुरा गर्न सहजीकरण गरिदिएका थिए ।