काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश योञ्जन
दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था काभ्रे सम्पर्क समितिको छैटौं अधिवेशन सम्पन्न भएको छ । साथै अधिवेशनले नि:वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
नयाँ समितिमा वरिष्ठ उपाध्यक्ष मनोज तुम्सिङ मगर, उपाध्यक्षहरुमा सुमन चौलागाइ, सुश्म थापा र नबराज तिमल्सिना रहेका छन् । त्यस्तै सचिबमा सुदर्शन तिमल्सिना र सहसचिबमा हिमाल स्याङ्तान रहेको छ भने कोषअध्यक्षमा सबिता तिमल्सिना र सह-कोषाध्यक्षमा आशिष् घिसिङ रहेका छन् । साथै सदस्यहरुमा सागर वाइबा, मिलन तमाङ, सन्तोष क्षेत्री, बिश्णु दनुवा, सुदन बुढाथोकी, दिवाकार चौलागाइ, देभी माया चौलागाई र केदार नेपाल रहेका छन् ।
अधिवेशन दुई चरणमा सम्पन्न भएको थियो । अधिवेशनको पहिलो सत्र अर्थात औपचारिक कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष सानु लामाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मजदुर युनियन (एमटियु)का अध्यक्ष उदय राई रहेका थिए। त्यस्तै क्षेत्रीय संस्था र जातीय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए । साथै भर्चुअल माध्यम मार्फत नै भएपनि दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको उल्लेख्य सहभागीता रहेका थिए ।
नव निर्वाचि अध्यक्ष योञ्जनले फोनिज कोरियासंग छोटो कुराकानी गर्दै काभ्रे सम्पर्क समिति दक्षिण कोरियालाई अज सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।