तमु (गुरुङ) संचारकर्मी संघ नेपालद्धारा आयोजित विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक जुम संवाद कार्यक्रम सम्पन्न ।
मनु कोन्मे गुरुङ, पोखरा ।
तमु (गुरुङ) संचारकर्मी संघको आयोजनामा २०७८ साउन २४ गते आइतबार ( 08 august 2021 sunday ) विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा नेपालमा आदिवासी जनजाति आन्दोलन र तमू सञ्चारकर्मीको भूमिका विषयक भर्चुअल कार्यक्रम तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
जुम संवादको स्रोत व्यक्तिमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक हुम गुरुङ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ र नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम रहनुभएको थियो ।
जुम संवाद सहजकर्ता तमु (गुरुङ) संचारकर्मी संघ नेपालका महासचिव रोशनी गुरुङले गर्नुभएको हो । जुम संवाद कार्यक्रममा तमु (गुरुङ) संचारकर्मी संघ नेपाल्का परिकल्पनाकार तथा सल्लाहकार भिम गुरुङ, तमु (गुरुङ) संचारकर्मी संघ नेपाल कास्कीका अध्यक्ष शान्ति गुरुङ, सल्लाहकार गौरी गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष आश गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, तमु पत्रकारहरु, नेपाल तथा बिदेशमा स्थापित तमु संघसंस्थाका अध्यक्षहरु, प्रतिनिधिहरु, तमु बुद्धिजीवी महानुभावहरु तथा शुभचिन्तहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
जुम तमु संवाद कार्यक्रममा तमु (गुरुङ) संचारकर्मी संघ नेपालका उपाध्यक्ष लाला गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । जुम संवादका स्रोत वक्ता तमु (गुरुङ) संचारकर्मी संघ नेपालका परिकल्पनाकार तथा संस्थापक हुम गुरुङले तमु (गुरुङ) संचारकर्मी संघ नेपालको आवश्यकता र भावी दिशा बारे प्रस्तुति दिनुभएको थियो । तमु (गुरुङ) संचारकर्मी संघ नेपालका पूर्वाध्यक्ष तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वर्तमान केन्द्रीय अध्यक्ष डण्ड गुरुङले आदिवासी जनजाति पत्रकार र तमु (गुरुङ) संचारकर्मी संघ नेपालको अन्तरसम्बन्ध र खेल्नुपर्ने भुमिकाबारे प्रस्तुति दिनुभएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएमले नेपाली पत्रकारिता क्षेत्रमा तमु संचारकर्मी र महासंघले हेर्ने दृष्टिकोणबारे आफ्नो प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी जुम तमु संवादमा सहभागिता जनाउनुहुने महानुभावरुले राख्नुभएको प्रश्नको उत्तर सो कार्यक्रमका श्रोत वक्ताहरुले दिनुभएको थियो । जुम संवाद नेपाली समय अनुसार बेलुकाको ठिक ०६:०० बजे देखि ०८:३० बजे सम्म चलेको थियो । जुम संवाद समापन तमु (गुरुङ) संचारकर्मी संघ नेपालका अध्यक्ष रबिन गुरुङले गर्नुभएको थियो ।