एनआरएन ग्लोबल गायन प्रतियोगितामा कोरियाका २ जना सहित टप २० को छनौट
गैर आवससिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समुन्वय समितीले आयोजना गरीरहेको ग्लोबल एनआरएन सिंगिंइ० आइडल २०२१ नामक प्रतियोगिताका टप २० को छनौट भएको छ । छनौटमा परेका १० देशका गायन प्रतिभाहरु मध्ये दक्षिण कोरियाबाट सुरेन घताइ० शिव र राधिका कुमारी गोले रहेका छन् ।
उत्कृष्ठ २० मा पर्न सफल प्रतियोगीहरुमा कतारबाट नरेन्द्र मल्ल, गोविन्द गुरुइ०, किशोर लम्साल, रामचन्द्र राई र सतिश थापा गरी पाँच जना रहेका छन् । बहराइनबाट बामदेव भाट, प्रतिक सिडव्ल्युए परियार र रेशु स्याइ०दान गरी तीन जना रहेका छन् । युइएबाट कविता आरविएम, अमित विष्ट, कृष्ण खवास रहेका छन् भने कुवेतबाट विवि मल्ल ठकुरी र सागर विश्व सेन्चुरी रहेका छन् । आइरल्याण्डबाट कपिल पाइजा पुन मगर, क्यानाडाबाट युवराज गुरुइ० र नर्वेबाट दिपेश सिग्देल रहेका छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समतिले आयोजना गरेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’ मा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।
यस प्रतियोगिताका निर्णायक मण्डलमा गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलाल रहेका छन् । निर्णायक मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशतको आधारमा प्रतिस्पर्धीहरूलाई छनौट गरिएको एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले बताए ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ स्लोगन राखी यो ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना छनौट भएका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले रु. ७ लाख प्राप्त गर्ने छन् भने दोस्रो पुरस्कार चार लाख , तेस्रो पुरस्कार दुई लाख , चौथो पुरस्कार एक लाख र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।