कोरियामा अध्ययन गर्न आएका स्याइ०जाका एक विद्यार्थिलाई उपचारर्थ आर्थिक सहयोग अभियान संचालन
दक्षिण कोरियामा अध्ययन गरी भविष्य उज्जल पार्ने सपना बोकेर आएका स्याङ्जा जिल्ला गल्याङ् नगरपालिका (०८ चिउरी निवासी गोविन्द अर्याल गम्भिर विरामी भई उपचार खर्च अभाव भएपछि स्याइ०जा परिवार दक्षिण कोरियाबाट आर्थिक सहयोग अभियान थालिएको छ ।
अर्याललाई लिभर, मुटु, र ब्रेनमा एकैचोटी समस्या देखिएपछि अस्पतालको आकस्मीक कक्षमा भर्ना गरिएको थियो । सउल स्थित सउल अस्पतालमा विगक एक महिनादेखि उपचारार्थ अर्यालको अवस्थामा केही सुधार आएको छ । उपचार खर्च करिब एक करोड वन लाग्ने अस्पतालले जनाएको छ । विमा पनि खास्सै नभएको र नेपालमा परिवारको पनि आर्थिक अवस्था कमजोर भएकाले अर्थिक अभियन संचालन गनुर्् परेको अभियान संचालक संस्थाका अध्यक्ष विजय थापाले जानकारी गराउनुभयो ।
सउल स्थित केसी विश्वविद्यालयमा अध्ययनरत अर्याल बाटोमा हिडिरहेको बेला अचानक ढलेपछि प्रहरीले अस्पताल पुराएका थिए । विषेशगरी कलेजोमा गम्भिर समस्या देखिएको अर्यालको स्वास्थ्य अवस्थामा निकै सुधार भएको र हाल अकस्मिक कक्षाबाट साधरणमा सारी सकेको छ । आर्थिक सहयोग अभियान एक सातासम्म रहनेछ ।