सोनसिकको १८ औ साधरणसभा सम्पन्न, सभापतिमा दिर्घराज जोशी
नेपाली विद्यार्थि समाज दक्षिण कोरिया (सोनसिक) को १८ औ वार्षिक साधरणसभा आइतबार सम्पन्न भएको छ । कोरोनाका कारण अनलाईन मार्फत सम्पन्न सभाले दिर्घराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । जोशी हाल यन्से विश्वविद्यालयमा रसायन विषयमा विद्यावारिधी गरिरहेका छन् । आइतबार राती नै जुम मार्फत निर्वाचन समितीका संयोजक डा. रोशन शर्मा पौडयालद्धारा १८ औ कार्यसमितीका नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहन कार्यक्रम सम्पन्न गरिएको छ ।
नवनिर्वाचित कार्यसमितीका चार उपाध्यक्षहरुमा क्षेत्र नम्बर १ मा सुन्दर बरुवाल, क्षेत्र नम्बर २ मा विरेन्द्र नारायन शाह, क्षेत्र नम्बर ३ मा सौगात सिवाकोटी र क्षेत्र नम्बर ४ मा नविन बोहरा रहेका छन् । ग्रिनसुन शर्मा सचिव, प्रदिप देवकोटा कोषाध्यक्ष , मनिस पाण्डे सहसचिव चयन भएका छन् भने सदस्यहरुमा भरत खत्री, विक्रम खडका, दिवाकर चौलागाई , र जेजुबाट लक्षमन मानन्धर रहेका छन् । सोनसिकको कार्यसमिती १३ सदस्यीय रहेको छ ।
निर्वाचन समितीले अगष्ट १३ तारिख उम्मेदारी आवहान गरेको थियो । समितीले सार्वजनिक गरेको पहिलो नामावलीमा सभापतिको लागि एक मात्र उम्मेदारी रवि घिमिरेको परेको थियो । तर तोकिएको निर्वाचन मितीको मुखैमा रवी घिमिरेले उम्मेदारी फिर्ता लिएका थिए । खाली हुन पुगेको मुख्य पद सभापतिमा निर्वाचन समितीद्धारा पुनह उम्मेदारी आवहान गरिएको थियो । सोहीक्रममा उम्मेदारी परेको दिर्घराज जोशीलाई नै निर्वाचन समितीले अन्तिम घोषणा गरेका थिए ।
त्यासोत निर्वाचन समितीले सार्वजनिक गरिएको पहिलो नामावलीमा सचिव पदको प्रत्यासीमा रहेको बाबु काजी श्रेष्ठ र कोषाध्यक्ष पदको लागि प्रत्यासी रहेको सुजाता पुर्जाले पनि रवी घिमिरेसंगै उम्मेदारी फिर्ता लिएका थिए । निर्वाचन समिती नियमसंगत र पारदर्शि नभएको आरोप लगाउदै आफुहरुले सामुहिक रुपमा उम्मेदारी फिर्ता लिएको घिमिरेले बताए ।
निर्वाचन समितीले सार्वजनिक गरेको उम्मेदारीहरुको पहिलो नामावली सूचिमा १८ जना रहेका थिए सोनसिकको पदाधिकारीको कार्यकाल एक वर्षको हुनेछ । सोनसिको पञ्चीकृत सदस्य गत वर्षभन्दा बढेर यसपाली १ सय ७० पुगेको छ ।
१८ औ साधरणसभाको लागि डा। रोशन शर्मा पौडेलको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिती गठन गरिएको थियो । जसमा डा। मधु सुधन आत्रेय र डा। विनायक भण्डारी सदस्य रहेका थिए । साथै प्रकाश धमलाको संयोजकत्वमा चार सदस्यीय विधान संशोन समिती गठन गरिएको थियो । जसमा तारामान कडायत , डा। तुलसी पौडेल र प्रकाश देवकोटा सदस्य रहेका थिए ।