एनआरएन आइसीसी महिला संयोजकमा कोरियाबाट जुनु गुरुइ०ले उम्मेदारी दिने
एनआरएन अन्तराष्ट्रिय समुन्वय समितीको आगामी अक्टोबरमा नेपालमा हुन लागेको १० औ अन्तराष्टिैय सम्मेलनमा एनआरएन आइसीसीको नयाँ कार्यसमितीको लागि कोरियाबाट जुनु गुरुइ०ले महिला संयोजकमा उम्मेदारी दिने भएकी छिन् ।
उनी यसअघि पनि महिला संयोजक पदको दाबेदार रहेकी थिइन । सन् २०१७(१९ को कार्यकालमा एसिया प्यासिफिक महिला संयोजक रहेकी गुरुङले विश्वभरिका अग्रज एनआरएनए अभियन्ताको सल्लाह र सुझावअनुसार आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बताइन ।
उनले विश्वभरी रहेका महिलाहरुलाई परेको समस्या समाधानमा पहल गर्दै महिला सञ्जाल विस्तार गर्नु नै आफ्नो मुख्य एजेन्डा रहेको बताईन । एसिया प्यासिफिक महिला संयोजकको कार्यकालमा ९ देशमा महिला फोरम गठन गर्न सहयोग पुराएका थिए ।
लम्जुइ० जिल्लाको बाग्लुइ०बानीमा जन्मिएका जुनु सन २००६ मा व्यवसायी भिषामा कोरिया प्रवेश गरेकी हुन् । उनले कोरियामा महिलाको लागि महिला नामक संस्था स्थापना गरी , विभिन्न सामाजिक कार्यमा सक्रिय बन्दै आएकी छिन् । कोरीयामा व्यवसाय गर्दै आएकी जुनुलाई कोरियन सरकारले मानर्थ सम्मान पनि गरिसकेको छ ।