बाग्लुइ० समाज कोरियाले मानसिक समस्या र श्रम नियम बारे परामर्श कार्यक्रम गर्ने
बाग्लुइ० समाज दक्षिण कोरियाले आगामी छुसको विदामा कोरीयावासी नेपालीहरुलाई मानसिक समास्या निवारण र प्रवासी श्रम बारे जानकारी गराउने उद्येश्यले यही सेप्टेम्बर १८ तारिख अनलाईन जुम मार्फत जानकारी कार्यक्रम गर्ने भएका छन् ।
कोरियामा प्रवासी श्रमिकहरुमा विभिन्न समयमा देखिने मानसिक समस्याको समाधानको लागि परामर्शदाता आचार्य सुवास चन्द्र बडाल र प्रवासी श्रम सम्बन्धी नियम बारे प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको उपस्थितीमा कार्यक्रम गरिने समाजले जनाएको छ ।
कार्यक्रममा मानसिक समस्यालाई पहिचान कसरी गर्न सकिने र यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने बारे परामर्श दिनइने जनाइएको छ । साथै कोरियामा विद्यमान प्रवासी श्रमीकहरुको नियम कानुन बारे पनि विस्तृत जानकारी गराइने छ ।