कोरियाबाट पनि संबिधानमा सुझाव दिन पाइने ( मस्यौदा सहित)
फोनिज कोरिया संवाददाता
सोल- दक्षिण कोरियामा रहेका नेपालीले पनि बन्न लागेको संबिधान मस्यौदामा राय, सुझाव दिन पाउने भएका छन् | सोलस्थित नेपाली दूताबासले अन्तरकृया कार्यक्रम आयोजना गरेर संबिधान सम्बन्धी यहाँ रहेका नेपालीहरुको राय सुझाव संकलन गर्न लागेको हो |
दूताबासले जनाए अनुसार लिखित वा मौखिक राय सुझाव दिन सकिनेछ | लिखित रुपमा प्राप्त सुझावलाई स्क्यान गरेर र मौखिक प्राप्त सुझावलाई तोकिएको ढाँचामा लीपीबद्ध गरेर पठाइने पनि दूताबासले जनाएको छ |
आउदो जुलाई १९ तारिक आइतबार दिउसो ३ बजे दूताबास सभाहलमा हुने अन्तरकृया कार्यक्रम उपस्थित भएर आ-आफ्नो राय सुझाव राख्न यहाँ रहेको नेपाली समुदायसंग दूताबासले प्रेस बिज्ञप्ति प्रकाशित गरि अनुरोध गरेको छ |
सरकारले संबिधानमा विदेशमा रहेका नेपालीहरुको राय सुझाव समेट्ने उद्धेश्यले विदेशस्थित नियोगहरुलाई परिचालन गरेको छ | मस्यौदामा दिइने सुझाव जुलाई २१ भित्र नेपाल पठाईसक्नुपर्ने समय सीमा तोकिएको छ |
संविधानको मस्यौदा यहाँ हेर्नुहोस :-Draft_of_New_Constitution_of_Nepal (1)