तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अमिर योन्जन
तामाङ पत्रकार संघ, दक्षिण करियाको आइतबार दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अमिर योन्जन अध्यक्षमा चयन भएका छन् ।
अन्य पदाधिकारीहरूमा उपाध्यक्ष राजिब घिसिङ, सचिब दुध बहादुर लामा, कोषाध्यक्ष बिमल सिं लामा निर्वाचित भएका छन् । बाँकी रहेकाे सह-सचिब, सह-कोषाध्यक्ष तथा सदस्यहरू भने कार्यसमितिको बैठकले चयन गर्नेछ ।
अधिवेशनमा प्रमुख अतिथि तामाङ पत्रकार संघ केन्द्रीय अध्यक्ष बिष्णु तामाङ मोक्तान, बिशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुवंर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाका अध्यक्ष गोकुल थोकर, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष रबि लामा, नेपाल तामाङ घेदुङ ख्याङ्साङ् बुसान कोरियाका अध्यक्ष धनराज तामाङ, नेपाल तामाङ घेदुङ जेजु शाखा कोरियाकी अध्यक्ष अनिता रूम्बा, मकवानपुर कोरिया मञ्चका अध्यक्ष तथा नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियाका का.बा. अध्यक्ष सूर्य रूम्बा, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योन्जन र शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङ ग्याल्जी शेर्पा लगायतका संघ संस्थाका प्रतिनिधिहरूले आफ्ना भनाइ राखेका थिए ।
अधिवेशन औपचारिक र बन्दसत्र गरि २ चरणमा सम्पन्न गरिएको थियो । बन्दसत्रमा संघको कोषाध्यक्ष दुध बहादुर लामाले आर्थिक प्रतिवेदन, सचिब राजिब घिसिङले कार्यप्रगाति विवरण प्रस्तुत गरेका थिए । अधिवेशन संघको सल्लाहकार गोकुल थोकरको संयोजकत्वमा मेघप्रसाद वाइबासहितको निर्वाचन समिति रहेको थियो।
तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिका विषयलाइ मुल विषय बनाउँदै दक्ष तामाङ पत्रकार उत्पादनका लागि लाग्ने नवनिर्वाचित अध्यक्ष योन्जनले प्रतिबद्धता ब्यक्त गरेका छन् । सन् २०१८ गठित पहिलो प्रवास शाखाले दक्षिण कोरियामा नेपाली क्रियाशील संस्थाहरूसंग सामाजिक रुपमा सहकार्य गर्दै सहभागिता जनाइरहेको संस्था हो । दक्षिण कोरियामा क्रियाशील तामाङ समुदायको सञ्चारकर्मीहरूको साझा संस्था तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा हाे ।